Corona (COVID-19) Updates

कोरोनाका कारण नेपालमा एकै दिन २ जनाको मृ`त्यु, मृत`क ३४ पुगे !

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप २ जनाको मृ`त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गोरखाको पालुङटारका १ र रुपन्देहीका १ जनाको कारोनाका कारण मृ`त्यु भएको हो ।

मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गो`रखाको पालु`ङटार ७ का ४४ वर्षिय पुरुषको आज विहान उपचारका क्र`ममा मृ`त्यु भएको हो । असार १७ गते कतारबाट आएका उनी पालुङटारकै क्वारेन्टिनमा बसेका थिए । १८ गते स्वाव संकलन गरी कोरोना परी`क्षण गरिएकोमा हिजो पोजेटिभ देखिएको थियो । उनी मधु`मेहका दिर्घरोगी रहेको भएको र निमोनिया देखिएपछि गोरखा अस्पतालमा भर्ना गरिएको थियो ।

यस्तै रुपन्देही देबदहका ७५ वर्षका वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए । क्षयरोगका विरामी उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा उनको असार १८ गते मृ`त्यु भएको हो । असार १८ गते मात्रै कोरोना पु ष्टि भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृ`त्यु हुनेको संख्या ३४ पुगेको छ ।

शनिबार नेपालमा २ सय ३२ जना नयाँ कोरोना संक्र`मित थपिएका छन् । यो सँगै नेपालमा सं क्रमितको संख्या १५ हजार ४ सय ९१ जना पुगेको छ । प्रवक्ता डा. गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परी`क्षणमा १ सय १४, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा मा ७ जना, कोशी अस्पताल विराटनगर प्रयोगशालामा भएको परीक्षणमा ७, प्रादेशिक जन`स्वास्थ्य प्रयोगशाल विरा`टनगरमा भएको परीक्षणमा ४ र गजेन्द्र नारायणसिंह अस्पताल राजविराज प्रयोगशालामा भएको परीक्षणमा ५१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयो`गशाल जनक`पुरमा भएको परीक्षणमा १५ जना, भरतपुर अस्पताल प्रयोगाशाला चितवनमा भएको परीक्षणमा १३ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षणमा ८ जना, प्रादेशिक जन`स्वास्थ्य प्रयोगशाल रुपन्दे`हीमा भएको परीक्षणमा ५ जना, भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा ७ जना र दैलेखमा प्रयोगशालामा भएको परीक्षणमा १ जनामा कोरोना पोजेटिभ देखिएको उनले बताए ।

पीसीआर विधिबाट शनिबार ४ हजार ५० जनाको कोरोना परीक्षण भएको छ । सा`र्कराष्ट्रमध्ये मध्ये कोरोना परी`क्षण दर प्रति १० लाखमा भारत श्रीलंका पाकिस्तान भन्दा नेपाल अगाडी रहेको उनले बताए । अहिले देशभरीका विभिन्न क्वारेन्टिनमा ३३ हजार १ सय २५ जना रहेका छन् । विभिन्न अस्पतालका आइसोले`सनहरुमा ९ हजार ४२ जनाको उपचार भइरहेको छ । शनिबार २ सय ७१ जनासँगै आज सम्म ६ हजार ४ सय १५ जना संक्र`मण मुक्त भएर घर फर्किएका छन् ।

Related Articles

Back to top button
Close