Corona (COVID-19) Updates
कोरोना बाट गाेरखामा एक जनाकाे निधन , मृत कको संख्या ३३ पुग्यो
गोरखा, २० असार । नेपालमा कोरोना भाइरस (कोभिड-१९)ले थप एक जनाको मृ`त्यु भएको छ। सामाजिक विकास मन्त्रा लय स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशकाे अनुसार गाेरखा पालुङटार नगरपालिका- ७ का ४४ वर्षीय पुरूषकाे मृ`त्यु भएकाे हाे ।
गोरखा अस्पतालमा उपचार रत उनकाे शनिबार साँढे पाँचबजे मृ`त्यु भएको गोरखा अस्पतालले जनाएको छ । कतार बाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ वर्षका उनी मधुमेह रोगका दीर्घ रोगी रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।
कोरोनाको जटिल लक्षण देखिए पछि उनलाई जीवन ज्योति माविको क्वारेण्टाइन बाट ल्याई शुक्र`बार राति १० बजे गोरखा अस्पतालको आइसो`लेशनमा भर्ना गरिएको थियो । यो सँगै नेपालमा कोरोनाले मृ`त्यु हुनेको सं`ख्या ३३ पुगेको छ।