Corona (COVID-19) Updates

ललितपुरको चापागाउँ क्षेत्र ‘सिल’ : संक्रमितको संख्या १९, दुईको मृ’त्यु

ललितपुर : गोदावरी नगरपालिकाको चापागाउँ क्षेत्र ‘सिल’ गरिएको छ। बुधबार नगरपालिकाको ११ वडाका ६६ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएसँगै चापागाउँ क्षेत्र सिल गरिएको हो । हाल उनको परिवारका सम्पूर्ण सदस्यलाई घरैमा क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको पीसीआर रिपोर्ट नआएसम्म सिल जारी राखिने नगरप्रमुख गजेन्द्र महर्जनले बताए ।

बिहीबार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले थप दुईजनामा कोरोना संक्रम’ण पु’ष्टि गरेका थिए।

संक्रमित ३० वर्षीय पुरुष महालक्ष्मी नगरपालिकाका हुन् । उनी असार १३ गते साउदी अरबबाट फर्किएर क्वारेन्टाइनमा बसेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । पत्रकार सम्मेलनमा अर्का पुरुष पनि संक्रमित भएको भनिए पनि उनको बारेमा प्रष्ट भइनसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

ललितपुरमा बुधबार मात्रै सातजनामा कोरोना संक्र’मण पु’ ष्टि भएको थियो । त्यसमा महानगरपालिकाका पाँचजना थिए । सातदोबाटोका, थसिखेलका, हात्तिबनका, नखिपोटका ३४, ३३, २३ र ३३ वर्षीय र थसिखेलका २७ वर्षीय पुरुषमा कोरोना संक्र’मण देखिएको होत्यस्तै महालक्ष्मी नगरपालिका ८ टिकाथलीका २३ वर्षीय युवा र गोदावरी नगरपालिकाका ६६ वर्षीय पुरुष थिए ।

हालसम्म कोरोनाबाट ललितपुरमा दुईजना पुरुषको मृ’त्यु भइसकेको छ। एकजना बुंगमती २२ का ५७ वर्षीय पुरुष ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा जेठ १२ गते मृ’ त्यु भएको थियो । उनमा कलेजोको संक्र’मण रहेको र मादक पदार्थको लतमा परेका जनाइएको छ। श्वासप्रश्वासमा समस्या भएपछि उनलाई भेन्टिलेटरमा राखिएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जनाएका थिए । उनको मृ’त्युपछि मात्रै कोरोना पोजिटिभ देखिएको थियो । त्यस्तै अर्का महालक्ष्मी नगरपालिकाका पुरुषको मृ’त्यु भएको थियो । मृगौ’लाका रोगी थिए।

Related Articles

Back to top button
Close