News

टुटल–पठाओ लाई ज`हाँ भेट्छौं`, त्यहीँ का र बाही गर्छौं : ट्रा`फिक

महानगरीय ट्राफिक प्रहरी महा शाखाले टुटल–पठाओ सञ्चा`लनमा आएको थाहा पाए जहाँ भेट्यो त्यहीँ कारबाही गर्ने चेतावनी दिएको छ। कोभिड-१९ रोकथाम तथा निय`न्त्रण गर्न सि सिए म सीले दुई पांग्रे सवारी साधनमा एक जना मात्र सवार हुन पाउने निर्देशन दिएकोले टुटल–पठाओले सेवा दिन नपाउने महा नगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम प्रसाद ढकालले जानकारी दिए।

‘अहिले पनि बिरामी बोकेको र अत्यावश्यक कामको लागि दुई जना सवार मोटरसाइकल बाहेक अरूलाई कारबाही गरिरहेका छौं। अहिलेको अवस्थामा टुटल–पठाओले यसरी सेवा सञ्चालन गर्न पाउँदैन,’ ढकालले भने। अत्यावश्यक व्यक्ति लाई मात्र सेवा दिन सुरू गर्न लागिएको पठा`ओका क्षेत्रीय निर्देशक अशिम मान सिंह बस्न्यातले जानकारी दिए।

‘हामीसँग ६० हजार राइडर भए पनि अहिलेसम्म १ सय १२ जानलाई मात्र अनु`मति दिएका छौं। हामीले त्यस्तै अत्यावश्यक परेकालाई सेवा दिनलाई राइड सुरू गरेका हौं,’ बस्न्यातले सेतोपाटीसँग भने।

यो पनि पढ्नुस्ः सुरू भयो टुटल–पठाओ

बन्द भएको तीन महिना पछि राइड सेयरका ठुला कम्पनी टुटल र पठाओले आफ्नो सेवा सुरु गरेका छन् । स्वास्थ्य सुरक्षा`लाई ध्या`नमा राखि सेवा सुरू गरिएको टुटल र पठाओले जनाएको छ। सार्वजनिक यातायात नचलेको अवस्थामा ग्राह`कलाई सेवा दिन मात्र सेवा सुरु गरिएको टुटलका संस्थापक शि`क्षित भट्टले जानकारी दिए।

‘हामीले यात्रु शुल्क घटा`एका छौ र यो महामारीको अवधिभर राइडरसँग कुनै पनि कमिसन लिदैंनौ। त्यस्तै हामीले राइड`रलाई ग्लब्स, मास्क, चस्मा र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने मापदण्ड बनाएका छौं,’ भट्टले भने।त्यस्तै पठाओले दैनिक ५० जना राइडरको दरले राइडरलाई अनुमती दिदै सेवा बढाइ रहेको पठाओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले जानकारी दिइन्।

Related Articles

Back to top button
Close