Corona (COVID-19) Updates

हिमालयन एयर लाइन्सका पाइलटलाई कोरोना सं`क्रमण !

काठमाडौं, १९ असार । लकडाउनका बेला तीन दर्जन भन्दा बढी अन्तर्राष्ट्रिय उडान गरेको हिमालयन एयर`लाइन्सका पाइलट र क्याबिन क्रु मेम्बरलाई कोरोना भाइरस संक्र`मण भएको खबर छ । प्राप्त जानकारी अनुसार हिमालयन एयर लाइन्समा कार्यरत एक मेक्सि`कन पाइलट र एक एयर होस्टेजलाई कोरोना संक्र`मण भएको हो ।

आरडीटी परीक्षणमा नेगेटिभ आएका उनीहरूको पीसीआर जाँचमा पोजेटिभ आएको जनाइएको छ । संक्र`मण पु`ष्टि भएपछि उनीहरूलाई बलम्बु स्थित स`शस्त्र प्रहरी बलको अस्पतालमा भर्ना गरिएको छ । कोरोनाको उपचारका निम्ति सरकारले तोकेको अस्पताल मध्ये सो एक हो ।

पाइलटलाई संक्रमणलाई संक्रमण पुष्टि भए पछि उनको ‘कन्ट्रयाक ट्रेसिङ’ का क्रममा एयर होस्टेज लाई पनि संक्र`मण भएको फेला परेको स्रोतको भनाइ छ । संक्र`मण देखा परेसँगै हिमालयन एयर लाइन्समा ४० भन्दा बढी पाइलट र ८० भन्दा बढी एयर होस्टेज तथा अन्य कर्मचारीलाई निग`रानीमा राखिएको स्रो`तले जनाएको छ ।

यता हिमालयन एयर लाइन्समा विभिन्न देशबाट उडान गरेका यात्रुको जानकारी लिने क्रम पनि जारी रहेको बताइएको छ । ४० भन्दा बढी उडानबाट सयौंको सं`ख्यामा यात्रु आएकाले सबैको विवरण अझै प्राप्त भइनसकेको स्रो`तले जनाएको खबर आजको नेपाल समाचा`रपत्रले छापेको छ ।

Related Articles

Back to top button
Close