International News

दुखद खबर चर्चित कोरियोग्राफर सरोज खानको नि`धन !!

हिन्दी चलचित्र जगतकी प्रख्यात कोरियोग्राफर सरोज खानको ७२ वर्षको उमेरमा नि`धन भएको छ । सरोज खान पछिल्लो केही समयदेखि बिरामी थिइन् । जुन २० मा उनलाई स्वास फेर्न कठिन भएपछि मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो ।

सरोज खान १७ जूनदेखि मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा भर्ना थिइन् । उनलाई सास फेर्न समस्या भएपछि अस्पताल लगिएको थियो । सरोजले बिहिबार राती १ बजेर ५२ मिनेटमा अन्तिम सास फेरेको स्रोतले जानकारी दिएको छ । उनको मुम्बईको चारकोप चिहानमा अन्तिम संस्कार गरिने जानकारीमा उल्लेख छ ।

उनको कोरोना संक्रमण पनि जाँच भएको थियो तर रिपोर्ट नेटेटिभ आएको थियो । सरोज खान भारतको फिल्म इण्डस्ट्रीको दिग्गज नृत्य निर्देशक मध्ये एक हुन् ।

उनले आफ्नो करियर एक असिस्टेन्ट कोरियोग्राफरका रुपमा गरेकी थिइन् । उनले सन १९७४ मा चलचित्र गीता मेरा नाममा पहिलो पटक गीतको स्वतन्त्र रुपले निर्देशन गरेकी थिइन् । सरोजले तीन वर्षको उमेरदेखि ब्याकग्राउन्ड डान्सरको रुपमा आफ्नो करियरको सुरुवात गरेकी थिइन् ।

उनले सन् १९७४ मा पहिलो पटक गीता मेरा नामबाट कोरियोग्राफरको रुपमा फिल्म इन्डष्ट्रिमा पाइला टेकेकी थिइन् । आफ्नो करियरमा उनले २००० भन्दा बढी गीतमा कोरियोग्राफ गर्ने उनले तीनपटक राष्ट्रिय अवार्ड पनि पाइन् । स्मरण रहोस्, सरोजले केही फिल्ममा लेखकको रुपमा पनि काम गरिन् ।

उनले निकै लामो समयदेखि कामबाट ब्रेक लिएकी थिइन् । गत वर्ष (सन् २०१९) मा मल्टिस्टारर फिल्म ‘कलंक’ र कंगना रनौतको फिल्म ‘मणिकर्णिः द क्वीन अफ झांसी’ मा एउटा गीतको कोरियोग्राफ गरेकी थिइन् । बलिउडमा झण्डै ४ दशक काम गरेकी सरोजले ४ हजार बढी गीतमा नृत्य निर्देशन गरेकी छन्।

नृत्य निर्देशनमा तीन पटक राष्ट्रिय अवार्ड जितेकी सरोजले नृत्य निर्देशन गरेका चर्चित गीतमा संजय लीला भन्साली निर्देशित ‘देवदास’ सिनेमाको ‘डोला रे डोला’, माधुरी दिक्षित अभिनित ‘तेजाब’ सिनेमाको ‘एक दो तीन’ र ‘जब वी मेट’ सिनेमाको ‘ए इश्क हाय’ लगायतका छन्।

Related Articles

Back to top button
Close