News

वैदेशिक रोजगारका लागि पुनः श्रम स्वीकृति खुल्यो !!

काठमाडौं- वैदेशिक रो`जगारीका लागि पुन: श्रम स्वीकृति खुला भएको छ ।विश्वव्यापी कोरोना भा`रसको महा मा`रीले साढे तीन महिना अघि अनिश्चितकाल लाई बन्द गरिएको श्रम स्वीकृति बिहीबार बाट खुलेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

कोभिड-१९ का कारण रोकिएको वैदेशिक रोज`गारीको लागि आज बाट पुन श्रम स्वी`कृति खुला भएको वैदेशिक रोजगार विभागका सुचना अधिकारी भोला`नाथ गुरा`गाइले जानकारी दिए ।वैदेशिक रोजगारीमा जानेका लागि दिने गरेको श्रम स्वीकृति कोरोना महामारीका कारण गत फागुन ३० गते अनिश्चितकाल सम्मका लागि स्थगित गरेको छ ।

आजबाट पुन: श्रम स्वीकृति खुला गरिएको छ गुरागाइले भने ‘श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट पत्र प्राप्त भएको छ, अब कार्यालय आउनेहरुलाई आजबाट नै पुन श्रम स्वीकृति दिनेछौं ।’यद्यपी नयाँ श्रम स्वीकृति भने खुल्ने निश्चित नरहेको उनको भनाइ छ ।

असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकाको हकमा कोभिड-१९ परीक्षण र स्वास्थ्य सम्बन्धि प्रोटोकलको पालाना गर्ने गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको थियो ।

‘यस पूर्वको करार अवधि समाप्त भई पुन: करार नवीकरण गरेका र भिषाको म्याद थप भएका व्यक्तिले आवश्यक कागजातहरु सहित निवेदन दिएमा कोभिड-१९ परीक्षण र स्वास्थ्य सम्बन्धि प्रोटोकलको आधारमा पुन: श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

Related Articles

Back to top button
Close