Lockdown News

स`ङ्क्रमण बढ्दै गएपछि लक`डाउनमा पुनः कडाइ !!

बन्दाबन्दी (लकडाउन) खुकुलो हुँदा जोखिम बढेको भन्दै सुर्खेतमा शुक्रबार देखि पुनः कडाइ गरिने भएको छ ।कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले बन्दा बन्दीलाई पुनः कडाइ गर्ने निर्णय गरेको हो । बन्दाबन्दी खुकुलो भएयता प्रदेश राजधानी वीरेन्द्र`नगरमा चहल पहल निकै बढेको थियो ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले शुक्रबार देखि पसलहरू खुला गर्ने समय तथा सवारीसाधन सञ्चा`लनमा कडाइ गर्ने निर्णय गरेको हो ।बैठकले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र पसल व्यवसाय खोल्न पाइने, अटो रिक्सा लगायतका तीन पाङ्गे्र सवारी साधनमा रोक लगाइने, जोर`बिजोर प्रणाली अनुसार मात्रै सवारी साधन सञ्चालन गर्न पाइनेलगायतका निर्णयहरु गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) रोक`थाम तथा निय`न्त्रणका लागि चैत ११ गतेदेखि सरकारले बन्दाबन्दी गरेको थियो । लामो समय बन्दा बन्दी हुँदा जनजीवन प्रभावित भएको, सर्वसाधारणमा असन्तुष्टि बढेको र उल्लङ्घन हुन थालेको भन्दै सरकारले यही असार १ गतेबाट लकडा`उनलाई खुकुलो बना`एको थियो । जिल्लाको हकमा सम्ब`न्धित प्रमुख जिल्ला अधिकारीले अवस्था हेरी लकडाउनलाई कडाइ वा खुकुलो गर्नसक्ने भनिएका कारण सुर्खेत प्रशासनले जोखिम लाई मध्यन`जर गरी कडाइ गर्ने नीति लिएको हो ।

सुर्खेतमा हाल कोरोना सङ्क्र`मितको सङ्ख्या` ३५४ पुगेको छ । त्यस्तै, ट्राभल हिस्ट्री नभएका समुदायस्तरका २४ जनामा सङ्क्र`मण पु`ष्टि भइसकेको छ । प्रदेशको सङ्क्र`मण धेरै हुने जिल्लामा सुर्खेत दोस्रोमा पर्दछ ।प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले स्वास्थ्य`कर्मी, सुरक्षाकर्मी, बैङ्कका कर्मचारी, क्वारेन्टिनमा खटिएका व्यक्ति र समुदायका व्यक्तिहरूमा सङ्क्रमण फैलिएकाले लकडा`उनमा कडाइ गर्नुपरेको बताए ।

“भीडभाड बढेपछि सङ्क्र`मणको जोखिम देखियो, साँ`झमा अलि धेरै भीडभाड हुने र सावधानी पनि अपनाइएको पाइएन,” प्रजिअ रेग्मीले भने, “समुदायस्तरका व्यक्तिहरूमा पनि कोरोना सङ्क्रमण देखिए`काले थप सतर्कता अपनाउन जरुरी छ ।”प्रजिअ नेतृत्वको जिल्ला कोभिड–१९ स`ङ्कट व्यवस्थान केन्द्रले शुक्रबारदेखि तरकारी, फलफूल, दुग्धजन्य, ग्यास, औषधिलगायका अत्या`वश्यक सेवा बाहेकका पसलहरू बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मात्रै खुला गर्ने निर्णय गरेको छ ।अत्यावश्यक बाहेकका पसल कम्तीमा हप्तामा एक दिन बन्द गर्नुपर्नेछ । होटल, रेष्टुराँलगायतका खाजा–नास्ता पसल, सैलुन तथा ब्यूटीपार्लर पूर्णरुपमा बन्द गर्नुपर्नेछ ।

Related Articles

Back to top button
Close