Corona (COVID-19) Updates

शिक्षण अस्पतालमा कोरोनाका कारण ४५ दिनका शिशुको मृ’त्यु !

काठमाडौ, १८ । कोरोनाका कारण नेपालमा ज्या`न गुमाउ`नेको संख्या ३१ पुगेको छ । त्रि वि शिक्षण अस्पताल महारा`जगञ्जमा उप`चाररत एकजना कोरोना संक्र`मित शिशुको नि`धन भए संगै कोरोनाका कारण ज्यान गु`माउनेको संख्या ३१ पुगेको हो ।

टिचिङ अस्पतालका कोरोना व्यवस्थापन समिति संयोजक डाक्टर सन्तकुमार दासले अस्पतालमा उपचारत ४६ दिनका शिशुको नि`धन भएको जानकारी दिए । शिशु लाई मंगलवार कोरोना पुष्टि भएको थियो । उनको उपचारका क्रममा बुधवार साँझ नि`धन भएको हो ।

शिशु लाई उपचारका लागि ३ साता अघि अस्पताल लगिएको थियो । जन्मेको ४५ दिनमा मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । त्रिवि शिक्षण अस्पतालमा घाँटीको समस्या लिएर उपचारका लागि ३ साता अघि भर्ना भएका शिशुलाई कोरोना पुष्टि भएको थियो ।म्याग्दी घर भएका ती शिशुको घाँटीमा समस्या देखिएपछि शल्यक्रिया गर्नुअघि कोरोना परीक्षण गर्दा मंगलबार रिपोर्ट पोजेटिभ आएको थियो ।

शिशुको अवस्था जटिल भएपछि चिकित्सकहरुले कोरोनाको रिपोर्ट नआउँदै सोमबार आइसोलेसन विभागमा नै शिशुको घाँटीको शल्यक्रिया गरेका थिए । मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसन वार्डमा नै राखिएको थियो । शिशुको हिजो बेलुका निधन भएपछि शव व्यवस्थापन समेत गरिसकेको डा दासले जानकारी दिए ।

यो अर्को समाचार, आइसोलेसन र क्वारेन्टिन खाली
हिमाली जिल्ला मनाङको आइसोलेसन र क्वारेन्टिन खाली भएको छ । कोरोना सङ्क्रमित ५७ वर्षीय पुरुष डिस्चार्ज भएसँगै हाललाई हिमाली जिल्ला मनाङ कोरोना सङ्क्रमणमुक्त भएको छ । मनाङमा भेटिएका एक मात्र सङ्क्रमित सोमबार निको भएर घर फर्किएसँगै यस जिल्लामा अन्य सङ्क्रमित फेला परेका छैनन् ।

कोरोना भाइरस पुष्टि भएको ११औँ दिनमा उनी घर फर्किएका हुन् । जिल्ला अस्पताल मनाङको आइसोलेसनमा उपचाररत उनी निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए । एघार दिनको उपचारपछि पिसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ आएसँगै उनलाई डिस्चार्ज गरिएको आचार्यले बताए ।

Related Articles

Back to top button
Close