International News

म्यानमारमा पहिरोमा परी कम्तीमा १ सय १३ जनाको मृ’त्यु, मारिनेको संख्या २ सय नाघ्ने आशंका

यांगुन। म्यानमारको कचिन प्रान्तमा एक खानीमा भारी वर्षापछि गएको पहिरोमा कम्तीमा ११३ जनाको मृ’त्यु भएको छ । बिहीबार बिहान करिब ८ बजेको समयमा पहिरो गएको थियो । अझै कैयौं मजदूर पुरिएको आशंका गरिएको अल जजीराले जनाएको छ ।

मजदूरहरुले २५० मिटरको उचाइमा काम गरिरहेको बेला पहिरो गएको थियो । केही मजदूरहरुको डुबेर मृ:त्यु भएको हो किनकि भारी वर्षाका कारण खानीन जिकै पानीको ताल बनेको थियो ।

वाइ खार जिल्लाका प्रशासक यू क्वा मिनका अनुसार कम्तिमा २ सय जना मारिएको आशंका गरिएको छ । यो क्षेत्रमा विगत १ हप्तादेखि भारी वर्षा भइरहेको थियो ।*** यो समाचार को पुरा भिडि यो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Related Articles

Back to top button
Close