Hot News

९० लाखको हारा हारीमा नेपाल भित्रिएको सलह ५२ जिल्लामा पुग्यो !!

काठमाडौँ, १७ असार – अफ्रिकी मुलुक बाट नि`स्किएर भारत हुँदै नेपाल भित्रिएको बाली नोक्सान गर्ने कीरा (सलह) नेपालका धेरै जिल्लामा फैलिस केको छ । झण्डै ८० देखि ९० लाखको हा`राहा`रीमा नेपाल भित्रिएको सलहको झुण्डको फैलावट धेरै भए पनि वि खण्डन हुँदै गएको कीट विज्ञको भनाइ छ । हावाको गतिमा आएको परिवर्तनले गत शनिबार सलह भारतबाट निजगढ हुँदै नेपाल प्रवेश गरेको थियो । सलह आज सम्म ५२ जिल्लामा पुगेको बताइएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय द्वा`रा सलह कीरा अध्ययनका लागि गठित प्राविधिक कार्यदलका सदस्य तथा कीट विज्ञ समुन्द्रलाल जोशीले नेपालमा भित्रिएको सलह विभाजन हुँदै गएकाले ठूलो क्षति निम्त्याउने खतरा नदेखिएको बताउनुभयो । उहाँले भारतबाट नेपालको सीमा नजिक अन्य झुण्डहरु आउँदै गरेकाले थप झुण्ड प्रवेश गर्नसक्ने सम्भावना कायमै रहेकोसमेत राससलाई बताउनुभयो ।

सलहलाई फुल पार्नका लागि मरुभूमि नै चाहिने भएकाले नेपालमा बसेर फुल पार्छ भन्ने कुरा सत्य नभएको उहाँको भनाइ छ । “कि त जहाँबाट आएको छ, त्यहीँ फर्कनुपर्छ, होइन भने मरेर जान्छ, नेपालमा यसले फुल पार्ने सम्भावना न्यून छ”, जोशीले भन्नुभयो । कृषि मन्त्रालयका अनुसार सलहले मुलुकका केही जिल्लामा देखिने गरी क्षति पु¥याएको छ । बारामा मकै तथा तरकारीबालीमा क्षति पु¥याएको छ । हेटौँडामा झण्डै १०० हेक्टरमा नै क्षति पु¥याएको विवरण आएको छ । अन्य जिल्लामा पनि क्षति पु¥याएको तर क्षतिको विवरण सङ्क`लनको क्रममा रहेको जनाइएको छ ।

प्राप्त विवरणअनुसार यो कीरा अफ्रिकी मुलुकमा देखिएको थियो । कीट विज्ञ जोशीले यो कीरा त्यहाँको रैथाने हो भन्नुभयो । त्यहाँबाट अन्य मुलु`कमा फैलिँदै जाँदा नेपालमा पनि आइपुगेको हो । नेपालमा विभिन्न जिल्लामा बालीनालीमा देखिए पनि धेरैजसो सलह जङ्गलमै रहेको विज्ञले बताएका छन् ।

सलहको बारेमा कृषि म`न्त्रालय अन्तर्ग`तको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यव`स्थापन केन्द्रले हेरिरहेको छ । केन्द्रका निर्देशक सहदेव प्रसाद हुमा`गाईँको नेतृत्वमा अध्ययनका लागि प्राविधिक कार्यदल छ । त्यसले अहिले अध्ययन विश्ले`षणको काम गरिरहेको छ । केन्द्रका सूचना अधिकारी राम`कृष्ण सुवेदीले नेपालमा अहिलेसम्म भयावहरुपमा सलह नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हावाको बेगका कारण केही झुण्ड उछिटिएर नेपाल आएको हो, अहिले नेपालमा धेरै विख`ण्डन भइसक्यो, सानासाना झुण्डमा छ, तर थप प्रवेश गर्ने सम्भावना अझै छ ।”

केन्द्रका अनुसार आज सल`हको एक झुण्ड भारतको भा`गलपुर तथा मोति`हारीमा रहेको र अर्काे झुण्ड कुशिन`गरबाट चम्पारण जिल्लातर्फ उडेको छ । उक्त सलह दार्जिलिङ र सिलिगुढी सम्म पुग्ने अनुमान गरिएको छ । त्यो सलह नेपालमा प्रवेश गर्ने सम्भा`वना पनि छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा विगत चार दिनदेखि मन`सुन अरेबियन सागरबाट हावा पश्चिम तथा दक्षिण÷पश्चिममा प्रभाव रहेकोमा हाल पूर्व तथा दक्षिण÷पूर्वी क्षेत्रमा हावाको प्रभाव रहेको छ । यो क्रम तीन दिन नै कायम हुने जनाइएको छ । त्यस`कारण भारतीय सीमावर्ती क्षेत्रमा रहेको सलहको झुण्ड हावाको बेग`सँगै पूर्वबाट पश्चिमतर्फ आउनसक्ने सम्भावना रहेको छ । तराई, भित्रीमधेस तथा तल्लो`पहाडी क्षेत्रमा सजक रहन पनि विज्ञहरुले आग्रह गर्नुभएको छ ।

मङ्गल`बार पूर्वी दिशा बाट पश्चिम तिर बहेको हावा सँगै सलह कीरा पनि पश्चिमतिर सरेको अनुमान गरिएको छ । सलह कीरा फट्या`ङ्ग्रा प्रजा`तिको एक झुण्डमा (चारदेखि आठ करोड सङ्ख्यामा) उडान गर्ने र ठूलो परिमाणमा खेती वा वनस्पति नष्ट गर्नसक्ने कीरा हो । यो कीराले हरियो वनस्पतिको पातसहित डाँठ समेत खाइदिन्छ । प्रत्येक कीराले प्रत्येक दिन आफ्नो तौल बराबर वनस्पति खाने गर्छ । त्यसैले यसको विकास छिटो हुन्छ र धेरै क्षति पु¥याउँछ । यो कीरा झुण्डमा हुने भएकाले क्षतिको प्रतिशत बढी हुन्छ ।

Related Articles

Back to top button
Close