Thoughts

कालापानी नेपाल र भारत बीचको विवा`द हो, चीन नेपालको पक्षमा उभिन्छ –( राज`दूत यान्छी )

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालले चीनको इसारामा राजनीतिक नक्सा सार्वजनिक नगरेको स्पष्ट पारेकी छन् । राजदूत यान्छीले एक पत्रिकालाई अन्तर्वार्ता दिँदै आधारहीन तथा स्वार्थप्रेरित आरोपमा सत्य`ता नभएको र यस्तो आरोप नेपाल र चीनबीचको सम्बन्ध माथिको प्र`हार भएको टिप्पणी गरेकी छन् ।

‘नेपालका सबै राजनीतिक दलहरूले हाल सालै जारी गरेको अध्यावधिक राजनी`तिक तथा प्रशासनिक नक्सा`मा सहमति गरेका छन् । यो नेपाल सरकारले आफ्नो सार्भभौमिकता तथा भौगोलिक अखण्ड ताको रक्षाका लागि जनमतका आधारमा चालेको कदम हो । नेपालले चीनको इसारामा यस्तो कदम चालेको भन्ने कुुरा आ`धारहीन तथा स्वार्थप्रे रित आरोपमा सत्यता छैन यस्तो आरोप एक स्वतन्त्र देश नेपाल र नेपाली जनताको स्वाभिमानप्रति अपमानमात्र होइन, नेपाल र चीन बीचको सम्ब`न्धमाथिको प्रहा`र पनि हो यो’, यान्छीले भनेकी छिन् ।

त्यस्तै राजदूत यान्छीले कालापानीको विषय नेपाल र भारतबीचको भएको र यो विवादलाई दुवै पक्षले सौहार्द्रपूर्ण संवाद तथा आपसी सहमतिका आधारमा टुङ्ग्याउने विश्वास राजदूतको छ । ‘यसबारे चीनको अडानमा कुनै परिवर्तन भएको छैन  । दोस्रो कुरा, मलाई थाहा छ, केही गैरजिम्मेवार मिडिया तथा व्यक्ति, समूह चीनको वास्तविकता के हो र झुट के हो भन्नेबारे सधैँ अलमल पारेर जनमत भड्काउन खोजिरहन्छन्’, उनले भनिन् ।

उनले नेपाल सँगको सम्बन्ध वर्षौँ देखि सुमधुर र विवादरहित रहेको बताएकी छन् । उनलेले भनिन् , ‘म यही भन्न चाहन्छु कि अक`बरी सुनलाई कसी लगाउनुपर्दैन  । परिवर्तित र पटक–पटकको परीक्षण बाट नेपाल र चीनबीचको सम्बन्ध अकबरी सुन भन्ने स्पष्ट भएको छ । जस्तोसुकै कठिन अवस्थामा पनि चीन नेपालको पक्षमा दह्रोसँग उभिनेछ ।

हामी वि`श्वास गर्छौं कि सरकारको प्रयत्न तथा दुई देशबीचको सहकार्यबाट हामी नि`श्चित रूपमा यो महामा`री विरु`द्धको सङ्घर्ष जित्नेछौँ । म त्यो सुनौलो दिनको प्रतीक्षामा छु ।’राजदुत यान्छीले बलियो नेतृत्व तथा प्रभाव`कारी प्रशासनिक संयन्त्रका कारण कोरोना महा`मा`रीको पहिलो केस चीनमा देखिएपनि त्यहाँ कम संक्रमण र मानवीय क्षति भएको बताएकी छिन् ।

Related Articles

Back to top button
Close