Corona (COVID-19) Updates

डब्ल्यू एच ओले भन्यो कोरोनाको म हामा रीको सबैभन्दा खराब समय आउनै बाँकी

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यू एच ओ) ले कोभिड १९ को महामारीको अझैं खराब रुप देखिने बताएको छ । विश्व स्वास्थ्य संग ठनका प्रमुख टेड्रोस एडनहम गेब्रि याससले सो कुरा बताएका हुन् । प्रमुख गेब्रियाससले संसार भरीका सरकारले सही नीतिको पालना नगरेको खण्डमा भाइरसले थप व्यक्तिलाई संक्र मित गर्न सक्ने बताए ।

सोमबार एक भचुअल ब्रिफिङमा टेड्रोसले भने, ‘हामी सबै यो चाँडै नै उन्मुलन होस् भन्ने चाहन्छौं । हामी सबै आफ्नो दैनिक काम कारवाहीमा फिर्ता हुन चाहन्छौं तर तितो सत्य यो हो कि हामी अहिले पनि यो महामारी उन्मुलन हुने यात्रामा निकै टाढा छौं ।’

‘यद्यपि, केही देशले प्रगति गरेका छन् तर विश्व व्यापी स्तरमा म हामा री फैलने गती तीब्र भइरहेको छ । संसार भरी १ करोड संक्र मित र पाँच लाख व्यक्तिको मृ त्युपछि पनि विश्व स्वास्थ्य संगठनले भाइरस फैलन पहिचान गरेका समस्या जस्तै राष्ट्रिय एकतामा कमी, विश्व व्यापी एकजुटतामा कमी, विभाजित देश लगायतलाई सुल्झाउन नसकेको खण्डमा खराब समय त अझै आउनै बाँकी छ ।’

टेड्रोसले सरकारलाई जर्मनी, दक्षिण कोरिया र जापानले अपनाएको बाटोमा हिँड्न आग्रह गरेका छन् । यी देशले लगातार ट्रेसिङ र टेस्टिङको नीति अपनाएको छ । अहिले सम्म विश्व भर कोरोना भाइर सबाट १ करोड ४ लाख संक्र मित भएका छन् भने ५ लाख ७ हजार मानिसले ज्यान गुमाइ सकेका छन् ।

Related Articles

Back to top button
Close