News

अस्पताल मै प`त्नीको जन्म दिन मनाए गायक प्रमोद खरेलले !!

काठमाडौं – चर्चित गायक प्रमोद खरेलकी पत्निको आज जन्मदिन परेको छ । गएको असार ३ गते छोरीका बाबु बनेका गायक खरेलले आज अस्पतालको सिसियु कक्षबाटै पत्निलाई जन्मदिनको शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत छोरी जन्मेपछि अस्पतालमा भएका कुराहरु खोलेका छन् ।

उनले फेसबुकमा पत्निलाई फुल दिएको तस्बिर शेयर गर्दै भनेका छन् – असार १५ , उनको जन्मदिन, तर… …सधै जस्तो छैन यो असार १५ ,उनी CCU मा छिन्। नियतीले यसपाली अस्पतालको CCU कक्षबाटै उनको जन्मदिन मनाउदैछौं ।

स्वास प्रस्वास समस्या भएपछि छोरी जन्मेर सिधै NICU गइन्। जन्मेको ६ दिन पछि मात्र NICU बाट छोरी लाइ निकालेर भेट्न पाएकी उनी आफै फेरि १२ औं दिनमा CCU पुगिन । सुत्केरी अवस्थामा हुने घातक postpartum cardiomyopathy ले आक्रमण गरेपछि मुटुको मुटुले राम्रो काम गर्न नसकेर इमरजेंसी अल्का हुदै मनमोहन मुटु अस्पतालमा गम्भिर अवस्था मा पुगिन। तर अहिले धेरै सुधार छ ।

उता घरमा आज १९ औं दिन सम्मै इन्जेक्शन पम्प र नर्सको साथमा छोरी युद्ध जित्दैछिन। आज सॉझ डिस्चार्ज भइन भने जम्मा ३ दिन मात्र भेट भएका आमा छोरी को पुनर्मिलन हुनेछ। उपचारमा संलग्न डाक्टर नर्स प्रति नमन छ। आधा त्रास र आधा आशको समय पार गर्दै यो कठिन मोड़मा CCU मै उनलाइ जन्मदिनको अनगिन्ती अनगिन्ती शुभकामना, My bravo अब चॉडै ठिक हुनेछौ … प्रार्थना अनि कामना।

Related Articles

Back to top button
Close