Lockdown News

काठमाडौंमा एकै दिन ८ संक्र मित भेटिएपछि लकडाउन कडा पार्ने सर`कारको तयारी !!

संक्रमितहरु अझ बढ्न थालेको र काठमाडौं उपत्यकामा समेत संक्र`मित थपिन थालेपछि जोखिम बढेको भन्दै सरकारले लकडाउनलाई क`डाई गर्ने भएको छ ।कोभिड १९ संक्रमण व्यवस्थापन केन्द्र (सीसीएमसी) को सोमबार बसेको बैठकमा लकडाउनको बारेमा समीक्षा गर्दै यस्लाई कडाई नगरिए जोखिम थामिनसक्नु अवस्थामा पुग्न सक्ने निष्कर्ष निकालिएको छ ।

सडक र पसल एवं चौत`र्फी मानिसको गति विधि बढेको र विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोभिड १९ को जोखिम न्यूनीकरणका लागि तोकेको मापदण्डको न्यूनतम समेत पालना नभएको भन्दै लकडाउन कडा बनाउने तयारी सरकारले गरेको हो ।

‘सामाजिक दूरी कायम भएको देखिएन, जताततै मास्क नलगाई हिड्ने प्रवृति आम मानिसमा देखिएको छ, जततातै मानिसहरुको भीड बढ्दो छ’ सी सी एम सीका एक सदस्य भन्छन् ।खुलेका धेरै गतिविधिहरु कायम नै राखेर भौतिक दूरी लगायत अन्य प्रावधान अब कडा ढंगले लागू गरिने पनि लकडाउनको निगरानी बढाइने पनि ती सदस्यको भनाइ छ ।

काठमाडौं उपत्यकामा सोमबार एकै दिन ८ जना संक्रमित भेटिएपछि उपत्यकामा जोखिम बढेको पनि सीसीएमसीको निष्कर्ष छ । उपत्यका बाहिरबाट आउनेको गतिविधि बढ्नु र काठमाडौं उपत्यका भित्र लकडाउन पूर्वको अवस्था झै देखिएपछि पनि सीसीएमसी लकडाउन कडा पार्न अघि सरेको हो ।

सीसीएमसीले विदेश पढ्न जानेहरूका हकमा भने कोभिड १९ को नियन्त्रणको सबै प्रावधान पूरा गरेर भाषा परीक्षा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई आग्रह गरेको छ ।

Related Articles

Back to top button
Close