Thoughts

मलालाको जीवन उपयोगी प्रेरक भनाईहरु !!एक पटक पढ्नु होला !!

मलाला युसुफजई पाकिस्तानी महिला शिक्षा तथा बालअधिकार वादी कार्यकर्ता हुन् । सन् २०१४ को नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल मलाला स्वात उपत्यकामा तालिबा नहरुले केटीहरुलाई बिधा`लय जान प्रतिबन्ध लगाएको समयमा महिला तथा शिक्षाको लागि वकालत गरेका कारण चर्चामा आएकी हुन् ।

अक्टोबर २०१२ मा, मंगलबारको दिनमा करिब सवा १२ बजे स्वात उप`त्यकाको कस्बे मिंगोरामा बिधालय बाट फर्किरहेको समयमा आ`तंक`कारीहरुले ह`मला गरेका थिए । मलालाको जन्म १९९७ मा पाकिस्तानको खबर पख्तु नख्वाह प्रान्तको स्वात जिल्लामा भयो । आज हामीले उनको जीवन उपयोगी प्रेरक भनाईहरु यहाँ साभार गरेका छौ ।

  • १. तिमीले निर्णयहरु लिनका लागि, तिमि आफु को हौ भनेर देखाउनको लागि, सबैभन्दा पहिले तिमीले आफुलाई चिन्नु महत्वपूर्ण हुन्छ ।
  • २. मसंग मेरो इच्छा अनुसार बाँच्न पाउने अधिकार हुनुपर्छ ।
  • ३. समस्यासंग जुध्न र युद्दको विरुद्दमा लड्नको लागि बिचारहरुको उत्पादन र ति बिचारहरुको प्रवाह गर्नु राम्रो विकल्प हो ।
  • ४. यहाँ धेरै समस्या छन् र ति समस्या समाधानका उपायहरु पनि छन् । ति समस्या समाधानका उपायहरु भेटिने उचित शिक्षाले नै हो ।
  • ५. यदि तिमीले कसैलाई मार्छौ भने, तिमीले यो प्रमाणित गरिरहेका हुन्छौ कि, तिमीलाई त्यो व्यक्ति देखि डर थियो ।
  • ६. तिमि सधै अरुको सहयोगमा मात्र भर पर्नु हुदैन ।
  • ७. म गोली हानिएको केटीको रुपमा चिनिन चाहन्न । म त्यसको बिरुद्दमा उठेकी केटीको रुपमा चिनिन चाहन्छु ।
  • ८. एउटा डाक्टरले गोली लागेको बिरामीलाई मात्र बचाउन सक्छ । तर राम्रो राजनीतिज्ञले गोली लाग्नबाट लाँखौ मानिसहरुलाई बचाउन सक्छ ।
  • ९. म मेरो डरभन्दा बलियो छु ।
  • १०. जीवनको हरेक पल महत्वपूर्ण छ । जुनबेला जे पनि हुनसक्छ । जो व्यक्ति त्यो खतरासंग डराएर आफुलाई बाँधेर राख्दैन, त्यो व्यक्ति नै अगाडी बढ्न सक्छ ।

Related Articles

Back to top button
Close