Science & Tech News

चन्द्रमामा बनाइने ट्वाइलेटको डिजाइन माग, उपयुक्तलाई नासाले ४२ लाख दिने !!

काठमाडौं – नासाले चन्द्रमामा जाने मानि`सहरूका लागि शौच गर्न आवश्यक पर्ने ट्वा`इलेटको डिजाइनबारे सुझाव दिन आह्वान गरेको छ ।अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले चन्द्रमामा फेरि मानिस पठाउने योजना गरिरहेको समयमा त्यहाँ आवश्यक पर्ने ट्वाइलेट कस्तो बनाउने र डिजाइन कस्तो हुने भन्नेबारे सुझाब पठाउन आह्वान गरेको हो ।

नासाले लुनारको सतहमा अन्तरिक्ष यात्रीहरुले प्रयोग गर्ने शौचालयको डिजाइन र तरिकाको बारेमा आफ्नो विचार र आईडियाहरु पठाउन सकिने बताएको हो ।नासाले हिरोएक्ससँगको सहकार्यमा एजेन्सीको लुनार ल्याण्डरको लागि आवश्यक पर्ने शौचालय कस्तो बनाउने भन्ने बारेमा प्रतिस्पर्धा शुरु गरेको छ । जसको नाम ‘लुनार लू च्यालेन्ज’ रहेको छ ।

सो प्रतिस्पर्धामा सन् २०२४ भित्र चन्द्रमामा पुर्‍याइने पहिलो एक जना पुरुष र एकजना महिला अन्त`रिक्ष या`त्रीको लागि शौचालयको डिजा`इन, प्रयोगको तरिकालगायत बारेमा नासालाई जानकारी दिन सकिनेछ ।त्यसमा कस्तो प्रकारको शौचालय प्रविधि प्रयोग गर्ने भन्ने बारेमा अनुसन्धानकै क्रममा रहेकाले विश्भरबाट सुझाब संक`लन गर्न लागिएको हो ।

चन्द्रमामा पृथ्वीको कक्षमा भन्दा करिब ६ गुणा कम गुरुत्वाकर्षण भएको हुँदा नासाले सो समस्यालाई समाधान गर्ने गरि शौचालयको डिजाइन खोजेको हो । जसमा कसैले पनि नविनतम डिजाइन र प्रविधिसहित सुझाब दिनसक्नेछ ।सो शौचालयको डिजाइनले पानीको बचत गर्नुका साथै वातावरणमैत्री र ल्याण्डरभित्र गन्धरहित तथा जिबाणुरहित किसिमको हुनुपर्ने छ ।

त्यसैगरि त्यसमा अन्तरिक्ष यात्रीहरुले वान्ता गर्नुपर्ने भएको खण्डमा शौचालयमा टाउको नराखीकन नै गर्न सक्ने डिजाइनलाई थप अंक दिईनेछ ।चन्द्रमामा प्रयोग गरिने शौचालयको डिजाइन अवधारणा आगामी अगस्ट १७ तारिखभित्र नासालाई पठाउनुपर्नेछ भने अक्टोबरमा बिजेता घोषणा गरिनेछ ।

चन्द्रमामा प्रयोग गरिने उक्त शौचालयको उपयुक्त डिजाइन पठाउनलेलाई नासाले पुरस्कार समेत दिइने जनाएको छ । बिजेतालाई कुल ३५ हजार अमेरिकी डलर अर्थात करिब ४२ लाख रुपैयाँ नगद दिइने नासाले जनाएको छ ।

Related Articles

Back to top button
Close