Corona (COVID-19) Updates

कोरोनाको भ्याक्सिन तयार हुन अझै १८ महिना लाग्न सक्छ : डब्ल्यु एच ओ

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यु एच ओ) ले कोरोना भाइरसको भ्याक्सिन तयार हुन अझै १२ देखि १८ महिना सम्म लाग्ने बताएको छ । कोरोनाको भ्याक्सिन तयार पार्न कैयन् देश लागिरहेका बेला डब्ल्यु एच ओको यस्तो भनाइ आएको हो ।

विश्वमा फैलिएका यस्ता महामा रीको भ्याक्सिन तयार हुन समय लाग्ने र सबैभन्दा कम समय इबोला भ्याक्सिन बनाउन लागेको भन्दै डब्लु एच ओले जनाएको छ । साथै डब्ल्यु एच ओले भ्याक्सिन बन्न समय लाग्ने भन्दै कोरोना महामा री बाट सचेत हुन भनेको छ । डब्लुएचओका अनुसार सामान्य भ्याक्सिन बनाउन ८ देखि १० वर्ष सम्म लाग्न सक्छ ।

एक अध्ययनका अनुसार विश्वमा केहीले कोरोना बाट बच्न आफ्नो रोग प्रतिरोधात्मक क्षमता विकास गरेका छन् । विश्वका कैयन् देशमा कोरोना संक्रमण लाखौंको संख्यामा फैलिएको छ ।

यस्तो अवस्थामा महामारीका रुपमा फैलिएको कोरोना रोक्न भ्याक्सिन नै एक विकल्प भएको पनि डब्ल्युएचओले जनाएको छ ।

Related Articles

Back to top button
Close