Corona (COVID-19) UpdatesLocal News( SHANKHARAPUR)

शंखरापुर – ८ का ५ बर्षे बालक मा काेराेना पाेजिटिभ

साँखु, असार ११ गते बिहिबार । शंखरापुर नगरपालिका वडा नं. ८ स्थायी घर भै हाल कागे श्वरी मनहरा १ गागल फेदी बस्दै अाएका ५ बर्षे बालकमा काेराेना पाेजिटिभ पाइएकाे जानकारी महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरिक्षक गाेबिन्द पन्थीले जानकारी दिनु भएकाे छ । हाल उक्त बालककाे पाटन अस्पतालमा उपचार भै रहेकाे जानकारी उहाँले दिनु भयाे।

तिन दिन अगाडि ज्वराे अाएर जचाउन लगेकाे र अस्पताल बाट तिन दिन पछाडि फेरी अाउनु भनी पठाएकाे र १०४ डिग्री भन्दा बदी ज्वराे अाएपछी अस्पताल लगि पि.सि.अार परिक्षण गर्दा काेराेना पाेजितिभ भेटिएकाे बालकका अाफन्त बाट जानकारी प्राप्त भएकाे छ ।

ट्राभल हिस्ट्र केहि नभएपनी उक्त बालकमा काेराेना भाइरस कसरी संक्र`मण भयाे भनि अध्ययन गरि बालक सँग सम्पर्कमा रहेका परिवार र छरछिमेककाे समेत कागेश्वरी मनहरा र शंखरापुर नगरपालिकाकाे समन्वनयमा पि.सि.अार परिक्षण गरिने शंखरापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद चापगाइले जानकारी दिनु भयाे । अन्यकाे पनि पि.सि.अार परिक्षणकाे नतिजा नअाए सम्म सर्तक रहन उहाँले अाग्रह गर्नु भयाे ।

Related Articles

Back to top button
Close