News

चाउचाउ बिक्री बितरण बन्द गर्ने निर्णय

गौमूल गाउँपालिकाले चाउचाउ बिक्री बितरण ब’न्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाको बुधबार सम्पन्न सातौँ गाउँसभाले चाउचाउलाई ६ वटै वडामा पूर्ण रुपमा बिक्री ब न्द गर्ने निर्णय गरेको हो ।

गाउँपालिका केन्द्र रहेको घटमु ना बजारबाहेक सबै वडामा चाउचाउ सहितका मसलादार उत्पादन सामग्री ब न्द गर्ने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष थापाले बताउनुभयो ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३२ करोड २९ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । सातौँ गाउँसभामा उपाध्यक्ष सीता थापाले समानीकरण, संघीय र प्रदेश सरकारको अनुदान, सशर्त र राजस्व बाँडफाँट लगायत शीर्षक समावेश गरिएको ३२ करोड २८ लाख, ७६ हजार बराबरको बजेट प्रस्तुत गर्नुभयो ।

गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट शीर्षकमा पनि कृषि उत्पादन, आयआर्जन, युवा रोजगारका विषयलाई प्राथमिकतामा राखेको छ । घटमुनामा १५ शय्याको अस्पताल निर्माण गर्ने गरी योजना अघि सारिएको छ ।

Related Articles

Back to top button
Close