News

शंखरापुर नगरपालिकाको पाँचौ नगर सभा सम्पन्न करिब १ अर्बको बजेट पारित !!!

शंखरापुर नगरपालिकाको पाँचौ नगर सभा बुधबार सम्पन्न भएको छ। शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठको अध्य`क्षतामा भक्ति बेम्बो कटेज साँखुमा भएको नगर सभामा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट प्र`स्तुत गरिएको थियो।

शंखरापुर नगरलाई सास्कृतिक नगरको रुपमा बिकास गर्न प्रयाप्त बजेट ब्य`स्था गरेको बताउदै जनताको चाहना बमोजिम निति तथा कार्यक्रम आएको अध्य`क्ष के सि को भनाइ थियो ।त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेस शंखरापुर नगरपालिका नगर सभापति राजुभाई मानन्धरले अन्य नगरपालिकाहरुमा प्रतिपक्षले बि`रोधका कार्यक्रम संचालन गरि रहेको स्मरण गराउदै शंखरापुर नगरपालिकामा सबै दलको भावना समेट्ने गरि नीति तथा कार्यक्रम आएको बताए ।

हरेक विषयमा दल र तिनका प्रतिनिधी संग सल्लाह गरेर नगरपालिका अघि बढेको र कहि कतै कमि कमजोरी भए प्रतिपक्षको नाताले गल्ती औल्याउँदै सुधार्ने काम आफुहरुले गरेको उनले बताए ।कोरोनाको कारण नै नगरपालिकाको आय स्रोतमा कमि भएकोले बजेटमा कटौती गरे पनि करिब १ अर्बको बजेट बनाउनु बाध्यता रहेको उहाँले बताउनु भयो।

कोरोनाले अस्त ब्यस्त समयमा बिदेश बाट आउने को उचित ब्यबस्थापन गरि उनि हरुको शिपको सदुपयोग गर्नु पर्ने उनको जोड रहेको थियो । त्यस्तैरा.प्र.पा नगर कमिटीका अध्यक्ष गोबिन्द प्रसाद श्रेष्ठले बजेट कागजमा मात्र सिमित नहोस भन्दै हिजोको दिनमा पनि यति बजेट आउँछ उत्ति बजेट आउँछ भने पनि व्यब हारमा नआएको बताउदै यसमा सचेत हुनु पर्ने बताए ।कोरोना संक्रमणको संख्यामा वृद्धि भैरहेता पनि बिदेश बाट आउने हरु लाइ सुरक्षित तरिकाले ब्यबस्था पन गर्नु पर्ने बताउदै उत्पादन संग उनी हरुलाइ जोडनु पर्ने बताए।

त्यस्तै इलाका प्रशासन कार्यालय साखुका प्रमुख उमाकान्त आचार्य र संघ संस्थाका का तर्फ बाट बु द्ध भक्त चित्रकारले नीति तथा कार्यक्रम र बजेट सकारात्मक रहेको बताउदै सफलताको शुभकामना दिएका थिए। शंख`रापुर नगरपालिकाको आर्थिक वर्ष २०७७_०७८ को लागि विनियोजित रकम रु ९९ करोड ८८ लाख ५६ हजार रहेको छ ।

Related Articles

Back to top button
Close