Corona (COVID-19) Updates

म्याक्सिन नबन्दै कोरोनाको प्रभाव सकिने वैज्ञानिकको दावी !!

काठमाडौं, १० असार । कोरोना विश्वव्यापी भइरहँदा त्यसका बारेमा सु`खद् खबर पनि सार्वजनिक भएका छन् । इटलीका बैज्ञानिकहरुले कोरोनाको खोप नआउँदै कोरोनाको प्रभाव हराएर जाने दावी गरेका छन् । कोरोना सुरु भएको चरण भन्दा अहिले यसको प्रभाव निकै कमजोर भएको दावी इटलिका वैज्ञानिकले गरेका छन् ।

डिसेम्बरको सुरु वाट विश्व`व्यापी भएको कोरोनाको त्यती बेलाको प्रभाव निकै कडा भएको र निधन हुनेको संख्या पनि बढी भएको बताइएको छ । तर अहिले अस्प`तालमा आएका विरामीहरुलाई भेन्टिले`टरको आवश्यकता नभएको तथा त्यसको दर निकै कम भएको उल्लेख गरिएको छ ।

अमेरिकावाट प्रकाशित न्युयोर्क पोष्टमा उल्ले`खित समाचार अनुसार सान मार्टिनो अस्प`तालमा इन्फे`क्सियस डिजिज क्लिनिकका प्रमुखस डाक्ट`र माटेओ ब`सेटीले यस्तो दावी गरेका हुन् । उनले सुरुको तुलनामा अहिलेक कोरोना भाइरसको शक्ति कमजोर बन्दै गएको बताएका छन् । उनले विस्तारै यो भाइरस हराएर जाने पनि दावी गरेका छन् ।

विश्वव्यापी भएको कोरोना`को खोप बनाउन अहिले विश्वभरकै चिकित्सक र वैज्ञा`निक लागेका छन् । कुनै मुलुकले पहिलो चरणमा सफलता पाएको पनि उल्लेख गरेका छन् । तर प्रो। माटेओले भने खोप नआउँदै कोरोनाको प्रभाव सकिने दावी गरेका हुन् । इटालीका शीर्ष भायरो`लोजिस्ट प्रोफेसर माटेओ बासेती भन्छन्, ‘मार्च र अप्रिलमा जो संक्रमित गम्भीर स्थितीमा अस्पताल आएका थिए, उनीहरुलाई तत्काल अक्सी`जनको सपार्ट चाहिएको थियो, तर अहिले त्यस्तो छैन ।’

अहिले ८०, ९० वर्षका वृ`द्ध वृद्धा`हरु पनि कुनै सपोर्ट बिनै सहजै श्वास लिन सकिरहेका छन् र कोरोनालाई जित्न सफल भइरहेका छन् । कोरोना संक्रमित निको हुने दर पनि निकै बढेको उनको दावी छ ।

Related Articles

Back to top button
Close