अन्ततः एम.सी.सी ससंदबाट अनुमोदन नहुने भो !!!
यही असाढ १५ गते भित्र संसद बाट अनुमोदन गरिसक्नु पर्ने अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एम सी सी) अन्ततः अनुमोदन नहुने भएको छ।जसरी पनि असार १५ भित्र एम सी सी संसदबाट पारित गराउनु पर्ने बाध्यात्मक अवस्थामा रहेका प्रधान मन्त्री ओलीले प्रतिपक्षी दलको साथ पाए पनि आफ्नै पार्टीभित्र बाट अस हयोग पाएका हुन् ।
सत्तारुढ नेकपा भित्र प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, उपा ध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायण`काजी श्रेष्ठ लगायतका नेताहरु एम सी सीको विपक्षमा देखिन्छन् । मंगलबार सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक असाढ १७ गते बस्ने गरी स्थगित गरेपछि एमसीसी अनुमोदन नहुने देखिएको हो।
करिब ५५ अर्ब रुपैयाँ बरारको अमेरिकी सहयोग हुने एम सी सी जसरी पनि अनु`मोदन गराउने पक्षमा रहेका प्रधानमन्त्री के पी ओलीलाई सभामुख सापकोटाले सभामुखको शक्ति देखाई दिएका छन्।
एम सी सी अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा सत्तारुढ दल नेकपामै विवाद थियो। नेकपामा बहुमत सदस्यहरु एम सी सीको विरो`धमा थिए भने प्रधानमन्त्री ओली जसरी पनि अनुमोदन गर्ने पक्षमा थिए। तर, संसदबाट अनु`मोदन गर्नुपर्ने अन्तिम म्याद असाढ १५ सम्म थियो। त्यसअघि संसद बैठक नबस्ने भएकाले एम सी सी फेल हुने देखिएको हो।
असाढ १० (बुधबार) नेकपाको स्थायी कमिटि बैठक बस्दैछ। त्यसमा पनि यो विषयमा छलफल हुने छ। प्रधान मन्त्री ओली र सभामुख सापकोटा बीच देखिएको यो टकरावले नेपाली राजनीतिमा नयाँ परि ददृश्य पनि देखिने सम्भाावना छ।