News

‘छक्का पञ्जा–३’ र ‘छ माया छपक्कै’ भोलिबाट विश्वभरका दर्शकले हेर्न सक्ने

काठमाडौं । कलाकार, निर्माता तथा निर्देशक दीपक राज गिरीका दुई चलचित्र नयाँ एप मार्फत दर्शकमाझ आउने भएका छन् । चलचित्र ‘छक्का पञ्जा–३’ र ‘छ माया छपक्कै’ भोलि बुधबार सार्वजनिक हुने छन् ।

दुई वटै चलचित्र स्वदेश तथा विदेशका दर्शकले हेर्न सक्नेछन् । ‘छक्का पञ्जा–३’ र ‘छ माया छपक्कै’ ‘चलचित्र टिभी एप’मार्फत सार्वजनिक हुन लागेको दीपकराज गिरीले जानकारी दिए । यो एप भोलि पहिलो पटक रिलिज हुन लागेको हो । यसमा नेपालबाट नायिका ऋ`चा शर्मा आ`वद्ध छिन् ।

‘चलचित्र टिभी एप’ ले दीपकराज गिरीका ‘छक्का पञ्जा–३’ र ‘छ माया छप`क्कै’ किनेर पहिलो पटक दर्शक माझ आउन लागेको हो । तोकिएको रकम तिरेपछि दर्शकले चलचित्र हेर्न पाउने छन् ।

यी दुई चलचित्रबाट एड्भान्स स्वरुप दीपकसहितको निर्माण समूहले २० लाख रुपैयाँ लिएको छ । “अहिले एड्भान्सका रुपमा २० लाख रुपैयाँ लिएका छौं,” दीपक बाह्रखरीसँग भन्छन्, “बाँकी ६०/४० मा सम्झौता गरेका छौं ।” उठेको कलेक्सनको ६० प्रतिशत चलचित्रको निर्माण समूहले लिने छ भने बाँकी ४० प्रतिशत ‘चलचित्र टिभी एप’को हुनेछ ।

नेपालमा एउटा बलियो चलचित्रको डिजिटल एपको आवश्यकता रहेको भन्दै उनले यो एपलाई आफूले भोलिका दिनमा सश`क्त र भरपर्दो एपका रुपमा हेरेको बताए । “नेपालमा एप नभएका होइनन्, तर विश्वास योग्य भएनन् । तर यसले सुरुमै २० लाख खर्च गरेर चलचित्र किन्ने आँट गरेकाले पक्कै पनि राम्रो बनाउनु भएको छ भन्ने विश्वास लागेर बेचेका हौं,” उनले भने, “आन्तरिक रुपमा परीक्षण गरेर पाइ`रेसी गर्न नसक्ने गरी भरपर्दो बनाएका छौं भनेपछि बेचेका हौं ।”

नेपाली चलचित्र तत्काल नेटफ्लि`क्स तथा अमे`जनमा जान नसक्ने भएकाले नेपालमै बलियो र लोकप्रिय चलचित्र एपको आवश्यकता रहेको भन्दै दीपक यो आवश्यक`तालाई ध्यानमा राखेर आफूले ‘चलचित्र टिभी एप’सँग सहकार्य गरेको बताउँछन् । अब नेपाली चलचित्रले युट्युबको विकल्प खोज्नु पर्नेमा उनको जोड छ । नेपाली चलचित्र प्रायः युट्यु`बमा अपलोड हुने गरेका छन् । युट्युब बाट निकै कम पैसा आउँदा निर्मातालाई फाइदा हुँदैन । त्यसैले अब नेपाली चलचित्र पनि एपमा जानुपर्ने र यसका लागि भरपर्दो डिजिटल प्लेट`फर्मको आवश्यकता रहेको चल`चित्रकर्मीहरु बताउँदै आएका छन् ।

‘चलचित्र टिभी एप’ बाहेक नेपालमा अरु दुईटा चलचित्रलाई लक्षि`त गर्दै डिजिटल प्लेट`फर्म आउने अन्तिम तयारीमा छन् । ‘छक्का पञ्जा–३’ दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र हो भने ‘छ माया छपक्कै’ दीपेन्द्र लामा निर्देशित चलचित्र हो । यी दुवै चलचित्र वर्षकै सर्वाधिक ग्रस कलेक्सन गरेका चलचित्र हुन् ।

Related Articles

Back to top button
Close