Corona (COVID-19) Updates

उपत्यकाका ३ जिल्ला लगाएत ७३ जिल्लामा थप ५३५ जना कोरोना सङ्क्रमित !!

काठमाडौं । पछिल्लो परीक्षणमा नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्र`मित सं`ख्या पुगेको छ । सो कुराको जानकारी स्वास्थ्य मन्त्रालयमा अयोजित पत्रकार सम्मेनलमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएका छन् । यो सँगै नेपालमा कोरोना भाइरस संक्र`मितको संख्या ९५६१ पुगेको छ। संक्रमितमध्ये २ हजार १ सय ४२ जना निको भएका छन् भने २३ जनाले ज्या`न गुमा`एका छन्।

यस्तै थप ३७० जना निकाे भएर डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुने संख्या २१४२ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्र`मण देखिएको छ । सरकारले पछिल्लो समय दैनिक १० हजार स्वाबको परीक्षण गर्ने गरी तयारी थालेको छ। अहिलेसम्म पि`सि`आर प्रविधि बाट १ लाख ८१ हजार ३ सय जनाको स्वाब परीक्षण भइसकेको छ। नेपालमा अहिले रसुवाबाहेक बाँकी ७६ जिल्लामा कोरोनाको संक्र`मण देखिएको प्रवक्ता डाक्टर गौतमले जानकारी दिए।

त्यस्तै ललितपुरमा थप एक जनामा कोरोना भाइरस (कोभिड– १९)को संक्रमण भएको पुष्टि भएको छ । अफगानिस्तानमा काम गरेर फर्किएकी ४१ वर्षीय महिलामा कोभिड–१९ पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । यो सँगै जिल्लामा कोभिड–१९ संक्र`मितको सं`ख्या ६ पुगेको कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले जानकारी दिए ।

उनका अनुसार तीन दिनअघि अफगानिस्तानबाट फर्किएर आफ्नै खर्चमा होटलमा क्वारेन्टिनमा बसेकी ती महिलामा गरिएको पीसीआर परीक्षणमा नतिजा पोजेटिभ आएको हो । ललितपुर महानगरपालिका घर भएकी ती महिला होटलमा बसेकाले अरूमा संक्रमणको खतरा नदेखिएको कार्यालय प्रमुख डा. गेलालले जानकारी दिए ।

Related Articles

Back to top button
Close