NewsVideos

कुलमानको उद्घोष- लोडसेडिङ गरेर प्राधिकरण डुबाउनेहरूको छानबिन हुदैछ, कार्वाही हुन्छ (भिडियो)

नेपाल बिद्धुत प्राधिकरणमा आफ्नो ४ बर्ष कार्यकाल पुरा गर्न लागेका कार्यकारी निर्देशक कुलमान घिसिङसंग उनको कार्यकाल भरि भएका र हुन् बाँकि रहेका कामहरुमा केन्द्रीत रहेको छ यो अन्तर्वार्ता ।रामेछापको दुर्गममा गाउँको सरकारी स्कुलमा पढेको एक सामान्य किसानको छोरो अहिले नेपाली जनताको मनमुटुमा बास बस्न सफल भएको छ ।

देशलाई लोडसेडिङबाट मुक्त गराएर सबैको घरमा उज्यालो भित्र्याउने अभियन्ताको चौतर्फी प्रशंसा पाइरहेको छ ।तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको रोजाइमा नियुक्त भएका कुलमानको अगुवाईमा एक वर्षभित्रै नै देश १८ घण्टासम्मको काहालीलाग्दो लोडसेडिङको मारबाट मुक्त भएको थियो ।उनले लोडसेडिङ व्यवस्थापन मात्रै नभएर प्राधिकरणको संस्थागत संरचनाको सृदृढीकरणमा पनि धेरै प्रयासहरु गरिएकाले त्यसको प्रतिफल दिन सुरु गरिसकेको छ ।

यो अवधिमा उनले विभिन्न खालका महत्वपूर्ण कामहरु गरे । लोडसेडिङको अन्त्य भयो भने चुवाहट घटेर प्राधिकरण नाफामा गयो । पछिल्लो सयममा उनले रुग्ण आयोजनालाई ततकालै सम्पन्न गर्न जोडबल लगाएका छन् ।हाल प्राधिकरणभित्रको व्यवस्थापनलाई अब स्मार्ट बनाउन पनि काम सुरु भएको छ । विभिन्न सुधारका कामले प्राधिकरणको सेवा प्रवाहमा सुधार आएको छ ।

तर, कर्मचारी व्यवस्थापन लगायतका आन्तरिक विषयमा प्राधिकरणभित्र योजना बनाएजस्तो काम गर्न सकेको छैन । यद्यपी प्राधिकरणभित्र पहिलोजस्तो कर्मचारी संयन्त्रको मनलाग्दी हावी छैन ।हाल नेपालमा बिद्धुतको उत्पादन बढेको छ जसलाई देश भित्रै खपतको बातावरण बनाउनु पर्नेमा अर्थमन्त्री युबराज खतिवडाले बिद्धुतीय गाडीमा बढाएको करप्रति घिसिङले असन्तुष्टि जनाएका छन् । उर्जालाई प्रोत्साहन गर्नु पर्नेमा त्यसलाई हतोत्साहित् बनाउन नहुने बताए ।

साथै अतितमा प्राधिकरणमा भएको अनियमितताको पनि छानबिन हुदैछ दोषीहरुलाई सजाय हुने आशा ब्यक्त गरेका छन ।

Related Articles

Back to top button
Close