Thoughts

७० वर्षमा पहिलो पटक अंगीकृत नागरिकतामा हदम्याद, देशभर ओली सरकारको तारिफ

काठमाण्डौँ । नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलाले विवाह भएको ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता पाउने भएका छन्। नागरिकताको व्यवस्था भएयता ७० वर्षमा पहिलो पटक नेपालले वैवाहिक अंगीकृत नागरिकता लिने महिलाका लागि समय निर्धारण गर्ने भएको हो।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकले बहुमतका आधारमा महिलालाई वैवाहिक अंगीकृत नागरिता दिन ७ वर्ष लाग्ने व्यवस्था पारित गरेको हो। यही विषयमा सांसदहरुबीच विवाद हुँदा नागरिकता विधेयक २२ महिनादेखि समितिमा अड्किएको थियो।

आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी तथा तत्कालीन नेकपा एमालेका टिकटबाट चुनाव जितेका सांसद बृजेशकुमार गुप्ताले सात वर्षे म्यादविरुद्ध फरक मत राखेका छन्।

नेपालको संविधानअनुकूल हुने गरी कानुन संशोधन गर्न सरकारले २०७५ साउन २२ विधेयक ल्याउँदा यस्तो समय निर्धारण गरिएको थिएन। तर, समितिमा तत्कालीन नेकपा एमालेका सांसदहरुले म्याद राख्न जोड दिँदै आएको थियो। तत्कालीन नेकपा माओवादी केन्द्र पनि समय राख्ने विषयमा सहमत भएपनि विदेश नागरिकसँग विवाह गर्ने महिला वा पुरुष दुवैको हकमा समान व्यवस्था हुनुपर्ने धारणा राख्थ्यो।

अधिवक्ता खिमलाल देवकोटाले २००९ सालमा नागरिकता दिने व्यवस्था सुरु भएदेखि नै वैवाहिक अंगीकृतको व्यवस्था भएपनि ७ वर्ष पर्खिनुपर्ने व्यवस्था पहिलो पटक राखिएको बताए।

Related Articles

Back to top button
Close