Interesting

आज सुर्यग्रहण, आज १० बजेबाट नखानुहोस यी खानेकुरा

आज राति १० बजेर ३० मिनेट देखि बालक,वृद्ध,रोगी तथा अशक्त बाहेकले अरुले भोजन नगर्नु भनेर भनिएको छ ।२०७७ साल असार ७ गते आइतबार सुर्य ग्रहण लाग्दैछ ।खण्डग्रास सुर्यग्रहण भनेर यस्को नामाकरण गरेको छ ।

१० :५० मा सुरु,१२:३८ मा मध्य र २:२३ मा समापन हुनेछ । जम्मा समय ३ घण्टा ३३ मिनेट रहेको छ ।यो ग्रहणको अवधि ३ घण्टा ३३ मिनेटको हुनेछ ।खण्डग्रास सुर्यग्रहण २ नक्षत्रलाई समेटेर लाग्दैछ ।मिथुन राशिमा लाग्ने कारणले यस्लाई विशेष रुपमा हेरिएको छ ।

बीचको ३ घण्टा ३१ मिनेटमा हामीले बिशेष सावधानी पुर्याउनु पर्दछ ।मृगशिरा र आरार्ध्या नक्षत्रमा हुने र मिथुन राशीमा हुने हुनाले यस्ले १२ राशिमा फरक फरक असर पार्नेछ ।वृष, मिथुन,कर्कट, तुला, वृश्चिक, धनु ,कुम्भ र मीन राशीमा नकरात्मक प्रभाव पर्दै हेर्न मिल्दैन ।

मेष, सिंह, कन्या र मकर राशिले ग्रहण हेर्दा विशेष फाईदा हुनेछ ।मेष राशिले ग्रहण हेर्दा लक्ष्मी प्राप्त हुनेछ भने सिंह राशिलाई लाभ मिल्ने छ ।त्यस्तै कन्या तथा मकर राशिहरुको लागि सुख प्राप्त हुनेछ ।

Related Articles

Back to top button
Close