Thoughts

इण्डीयाले नाकाबन्दी लगाउँने आशंकाकै विच चिनले दियो खुशिको खबर !!

चिनबाट नेपालीका लागी खुशी`को खबर आएको छ । पछिल्लो समय नेपाल भारत सम्बन्धमा दरार आइरहेको बेला कतिपयले इण्डीयाले नेपाल माथी आर्थिक नाकाबन्दी लगाउँन सक्ने आँकलन गरिरहेका छन् यसै बेला रसुवागढी केरुङ नाका खोल्न चीन सहमत भएको छ । चीनले रसुवागढी नाकाबाट हुने आयातलाई सुचारु गर्ने विषयमा सहमति दिएको अर्थ मन्त्रालयका सहसचिव तथा द्विपक्षीय व्यापार महा`शाखाका प्रमुख नवराज ढकालले जानकारी दिए ।

‘नाका खोल्ने विषयमा उहाँहरुबाट सहमति प्राप्त भयो । अब दुवै देशका स्थानीय निकायहरु बसेर कसरी त्यसलाई खुला गर्ने भन्ने विषयमा छलफल गर्छन् । त्यो छलफल टुंगिएपछि कारोबार सुचारु हुन्छ’ सहसचिव ढकालले भने ।त्यो प्रक्रियालाई छिटो टुंग्याएर आयात निर्यातलाई सुचारु गर्न चाहे पनि चीनको तर्फबाट केही प्रक्रिया पूरा हुन बाँकी रहेकोले यसलाई पर्खेर बसेको समेत उनले बताए ।

‘हामी तयार भएर बसेका छौं, उहाँहरुको तर्फबाट तयारी सकिएपछि वार्तामा बस्छौं र टुंगो लाग्छ । अहिले कोभिडको कारणले हुनसक्ने स्वास्थ्य जोखिम कम गरेर कसरी आयातनिर्यात गर्ने भन्ने विषयमा छलफल हुने हो’ ढकालले भने ।

केरुङ नाका खुल्ने भएपछि अहिले व्यापा`रीहरु उत्सा`हित भएका छन् । उनीहरु नाका सुचारु भएलगत्तै सीमापारी रोकिएका सामान ल्याउने तयारीमा जुटेका छन् । अहिले सो नाकाबाट नेपाल भित्रिन तयारी अवस्थामा करिब १ हजार कन्टेनर रहेको राष्ट्रिय व्यापार महासंघका अध्यक्ष नरेश कुटवालले बताए ।

‘नाका खोल्ने कुरामा हामी उत्साहित छौं । यो नाका खुल्यो भने रहेको ८ सय देखि एक हजार कन्टेनर सामान आउने बाटो खुल्छ । त्यहाँ प्राय जाडोका सामानहरु छन् । यसले दशैंको मागलाई धान्नसक्छ’ अध्यक्ष कटुवालले भने ।

चीनले यसअघि पनि केरुङ नाका खोल्न सहमति दिएको थियो । तर त्योबेला रसुवाका स्थानीय जनप्रतिनिधिले अवरोध गरेपछि रोकिएको नाका फेरि खुल्न सकेको थिएन । तातोपानी नाकाबाट भने अहिले आयात निर्यात नियमित रुपमा भइरहेको छ ।

Related Articles

Back to top button
Close