Corona (COVID-19) Updates
सिन्धुपाल्चोकमा तिन स्थानीय तहका १८ जनामा कोरोना संक्र.मण
सिन्धुपाल्चोक जिल्लाका विभिन्न गाउँपालिकामा विदेस र अन्य जिल्ला बाट आएका १८ जनामा कोरोना संक्र’मण देखिएको छ।मेलम्ची क्षेत्रीय क्वारेन्टाइनमा रहेका उनीहरुको जेष्ठ १ गते स्वाव संकलन गरेर राष्ट्रिय सरुवा रोग परिक्षण केन्द्र टेकु पठाईएको थियोे।
दोलखा बाट आएका ८ जना र कुवेत बाट आएका १८ जनाको परिक्षण गरिएकोमा बिहिवार आएको रिपोर्टमा हेलम्बु गाउँपालिकाका ५ जना ,पाँचपोखरी थाङ्पाल गाउँपालिकाका १० जना र मेलम्ची नगरपालिकाका ३ जनामा कोरोना संक्र’मण देखिएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी कृष्ण तिवारीले जनकारी दिएका छन।
कोरोना संक्र मण पोजिटिभ आए संगै संक्र मितहरु लाई मेलम्चीका क्वारेन्टाइनको आइसोलेसनमा राखिएको छ।यो सँगै सिन्धुपाल्चोकमा कोरना पुष्टि भएको सङ्ख्या २४ पुगेको छ भने एक महिला मृ-त्यु भएको थियो ।
स्रोत : कपन अनलाइन