Corona (COVID-19) Updates

के तपाईलाई थाहा छ ? पैसाबाट कोरोना भाइरस सर्ने सम्भावना धेरै हुन्छ !!

काठमाडौं । के तपाईलाई थाहा छ ? पैसाबाट कोरोना भाइरस सर्ने सम्भावना धेरै हुन्छ । पैसा नभए हाम्रो घर व्यवहार चल्दैन । जहाँ जानुस् पैसा छैन भने कुनै काम बन्दैन । तर हामीले ख्याल गर्नैपर्छ कि पैसाबाट पनि विभिन्न सङ्क्रमण फैलिने गर्छन् । दैनिकरुपमा प्रयोग गर्ने पैसा हामीले सोंचेभन्दा बढी फोहर हुन्छ । एउटा नोटमा सयौँ किसिमका ब्याक्टेरिया, फङ्गस तथा भाइरस हुन्छन

पैसा अन्यन्तै क्रियाशील हुने र जसको हातमा पनि पुग्ने भएकाले पैसा विभिन्न रोगको संवाहक हुनसक्छ । कागज तथा कटनको नोटमा भन्दा पोलिमर नोटमा जीवाणु कम समय रहन्छन् । नोटभन्दा ‘क्वाइन’मा भाइरस तथा ब्याक्टेरिया धेरै समय रहन्छ । नोटमा दुई दिनसम्म र क्वाइनमा लामो समयसम्म भाइरस रहन सक्छ ।

स्विस अध्ययनले पैसामा १२ दिनसम्म जीवाणु रहनसक्ने बताएको छ । क्यासको विकल्पका रुपमा कार्ड प्रयोग गरिने अभ्यास छ । कार्ड पनि सङ्क्रमित हुनसक्छ । पैसाका माध्यमबाट कोभिड–१९ सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती पैसा नष्ट गरेको हो ।

यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना अधिक भएको पुष्टि गरिसकेको छ । न्युयोर्क युनिभर्सिटिले गरेको एक अध्ययनअनुसार पैसामा पनि ‘सुक्ष्म जीव’ बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित भइसकेको छ । चिकित्सकले पनि कुनै पनि भाइरसका जीवाणु पैसामा करिब दुई सातासम्म जीवित रहनसक्ने बताउँदै आइरहेका छन् । नेपालको पैसामा अनुसन्धान भएको पनि छैन । तर यसबारे हामी सजक रहनुपर्छ ।

पैसामा तीन हजारभन्दा बढी प्रकारका किटाणु जस्तै भाइरस, ब्याक्टेरिया, सामान्य किटाणु, ढुसी देखा परेका छन् । त्यस अध्ययनमा बैंकबाट निकालिएको पैसामा आठ प्रकारका ब्याक्टेरिया देखिएका थिए । अध्ययनअनुसार तरकारी बजार, मासु पसल, पान पराग पसल, पेट्रोलपम्प, जुत्ता सिलाउने पसल र माग्नेसँग भएको नोटमा शतप्रतिशत जीवाणु हुने पुष्टि भएको छ ।

विभिन्न किसिमका प्राणघातक सरुवा रोगको व्याक्टेरियाले पैसामा सङ्क्रमण भएको पुष्टि गरेको छ । संयुक्त राज्य अमेरिकाको पैसामा कोकेन भएको ‘फरेन्सिक साइन्स इन्टरनेशनल’ले प्रमाणित गरिसकेको छ । हेपाटाइटिस सीको स्रोतका रुपमा कोकेनलाई लिइन्छ । यसैगरी दक्षिण अफ्रिकाको पैसामा पनि ९० प्रतिशत विभिन्न किसिमका प्राणघातक ब्याक्टेरिया तथा ढुसीबाट दूषित भएको पाइएको छ ।

मास्टर कार्डका अनुसार शौचालय र जुत्ताको तलुवाभन्दा पैसा बढी फोहर भएको परीक्षणका क्रमममा पाइएको थियो । कोरोना भाइरसले विश्वव्यापीरुपमा प्रभाव जमाउँदै गएसँगै विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले समेत कारोना भाइरस पैसाबाट पनि सर्ने भएकाले यसबाट बच्ने उपायको प्रयोग गर्न आग्रह गरिसकेको छ ।

Related Articles

Back to top button
Close