International News

सुशान्त मृ त्युको कारण भन्दै सलमान खानसहित ८ जना विरू द्ध मु द्दा दायर !!

एजेन्सी/ बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्साली सहित आठ जना विरूद्ध फौज`दारी मु`द्दा परेको छ । बुधबार एक वकिलले उनीहरूलाई अभिनेता सुशान्त सिंह राजपुतको मृ`त्युको कारण भन्दै बिहार अदालतमा मु`द्दा दायर गरेको भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार वकिल सुधिर कुमार ओझाले सलमान, करनसहित आठ जनाका विरू`द्ध मु`द्दा दायर गरेका हुन् । अदालतले आगामी जुलाई ३ को सुनुवाइ मिति दिएको छ । ओझाले दायर गरेको मुद्दामा आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशको पनि नाम छ ।

टाइम्स अफ इन्डियाका अनुसार यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको मुद्दामा उल्लेख छ । वकिल ओझाका अनुसार उनले सेक्सन ३०६, १०९, ५०४ र ५०६ अन्तर्गत मुद्दा दायर गरेका हुन् । यसका साथै उनले साक्षीको सूचीमा अभिनेत्री कंगना रनावतको नाम राखेका छन् । अभिनेता सुशान्तसिंहले यही आइतबार मुम्बईस्थित आफ्नै फ्ल्याटमा आ’त्मह’त्या गरेका थिए । उनी लामो समयदेखि डिप्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Related Articles

Back to top button
Close