Corona (COVID-19) Updates

आज एकैदिन ५८६ मा कोरोना संक्र`मण पु`ष्टि, संक्र`मितको संख्या ७१७७ पुग्यो !!

काठमाडौं‌, ३ असार । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ५८६ जना संक्र`मित थपिएका छन्। यससँगै कुल संक्र`मितको संख्या ७ हजार एक सय ७७ पुगेको छ।

स्वास्थ्य तथा जनसं`ख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो। देशभर भेटिएका संक्रमितहरुमा महिलाको संख्या ५ सय ३९ रहेको छ भने पुरुषको संख्या ६ हजार ६ सय ३८ रहेको छ। कुल संक्रमितमध्ये पुरुष ६ हजार ६३८ र महिला ५३९ जना रहेका मन्त्रालयका प्रवक्ता डाक्टर जागे`श्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमा ५४६ जना पुरुष र ४० जना महिला रहेका छन्। गौतमका अनुसार पछिल्लो पटक नेपालगन्जमा एकजनाको ज्यान गएको छ। यससँगै मृतकको संख्या पनि २० पुगेको छ। बुधबार सम्म कोरोना संक्र`मित भेटिएका जिल्लाको संख्या ७३ रहेको छ। बुधबार सबैभ न्दा धेरै १८३ जना कोरोना संक्र`मित महो`त्तरीमा भेटिएका छन्। प्रदेश नम्बर दुई अहिले देशकै हट स्पट बन्दै गएको छ।

​प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्र`मण निको हुनेको संख्या ९ रहेको छ। हाल सम्म निको भएर फर्किनेको सं`ख्या ११ सय ६७ रहेको छ।

Related Articles

Back to top button
Close