ThoughtsVideos

‘आर्थिक संकट बाट जोगिन प्रदेशहरु खारेज गरौं, सय जनाको संसद र १० जनाको मात्रै मन्त्रि म`ण्डल बनाऔं’ !

काठमाडौं । विश्व`व्यापी महा`मा`री`को रुप लिएको कोरोना भाइरस (कोभिड १९)का कारण नेपाल पनि ठूलो आर्थिक सं`कटमा पर्नसक्ने भन्दै नेपालका लागि नेपाली अभियानका एक अभियान्ता बालकृष्ण न्यौपानेले संकटबाट जोगिन प्रदेशहरुको खारेज गरे सय जनाको संसद र १ण् सदस्यीय मन्त्रिमण्डल रहने प्रणालीमा जानुपर्ने तर्क अघि सारेका छन् ।

एक यूट्युव ट्च्यानलमा बोल्दै उनले कोरोना महामारीले अहिलेको राजनीतिक व्यवस्था र संविधानलाई संकटमा पारेको भन्दै अहिलेको संरचना आर्थिकरुपमा धानिन नसक्ने अवस्थामा पुगेको बताए । न्यौपानेले अब वैदेशिक रोजगारी बाट विप्रेषण आयमा पनि कमी हुने र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा पनि नआउने भएकाले १० जनाको मन्त्रिमण्डल, सय जनाको मात्रै संसद बनाउनुपर्ने भन्दै प्रदेशहरु खारेज गर्नुपर्ने तर्क गरेका छन् ।

त्यसो नगर्ने हो भने हात्तिलाई बोकाको दाना जस्तो हुने उनको तर्क छ । न्यौपानेले बोकालाई दिने दाताले हात्तिलाई नपुग्ने बताउँदै संविधानसभा निर्वाचन गराउने नाममा राज्यको ठूलो धुकुटी खर्च भएको र तीन तहको सरकारको ठूलो संरचनाबाट राज्य कोषमा ठूलो लुट गर्ने काम भइरहेकोले यसलाई रोक्न छरितो संरचनामा जानुको विकल्प नरहेको बताए ।

वरिष्ठ अधिवक्तासमेत रहेका न्यौपानेले फजुल खर्च कटौतीतर्फ नजाने हो भने कर्मचारीले तलव खान नै नपाउने स्थिति आउनसक्ने भन्दै रुसमा जस्तै आधा तलवमा काम गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन् । आर्थिक अवस्था राम्रो हुँदा मात्रै धेरै खर्च गर्ने हो भन्दै उनले तर आर्थिक अवस्था बिग्रिएमा खर्च कटौतीमा जानैपर्ने बताए ।

कोरोनाको समस्या कहिलेसम्म रहन्छ ? अनिश्चित रहे पनि यसले ठूलो आर्थिक समस्या आउने कुरा सुनिश्चित रहेको बताए । सानो र कम खर्चिलो संरचनाबाट अघि नबढ्ने हो भने यो देश चल्न सक्दैन भन्दै उनले कोरोनाका कारण नेपाली`हरुले अझै धेरै दुःख पाउनुपर्ने दिन आउँदैछ भने । न्यौपानेले नेपालको राष्ट्रिय एकताका लागि संसद अन्तर्गत रहनेगरी राजसंस्था`लाई निरन्तरता दिनुपर्ने पक्षमा वका`लत गर्दै आएका छन् ।

Related Articles

Back to top button
Close