International News

उत्तर कोरियाद्वा`रा अन्तर–कोरियाली सम्पर्क कार्यालय ध्व`स्त !!

कोरिया- उत्तर कोरियाली दक्षिण कोरिया सँगैको सीमाक्षेत्रमा रहेको आफ्नो अन्तर–कोरियाली सम्पर्क कार्यालयको भवन ध्व स्त पारेको छ । दुबै कोरिया बीच पछिल्लो समय बढ्दै गएको तना`बकै बीच उत्तर कोरियाले यस्तो कदम चालेको अनु`मान गरिएको छ ।

दक्षिण कोरियाको एकी करण म`न्त्रालयले उत्तर कोरियाको सीमावर्ती शहर काइसोङमा रहेको सम्पर्क कार्यालय भवन अप`राह्न २.४९ मिनेटमा ध्व`स्त बनाइएको जनाएको छ । यस बारेमा म`न्त्रालयले कुनै थप विवरण भने दिएको छैन ।

योनहाप न्यूज एजेन्सीले सम्प्रे`षण गरेका तस्वीरहरुमा अन्तर–कोरियाली सम्पर्क कार्यालय रहेका स्थानहरुबाट धुँवाको मु`स्लो` उडेको देखिएको छ । एजेन्सीका अनुसार हाल ब`न्द रहेको औद्यो`गिक क्षेत्रमा अन्तर–कोरिया सम्पर्क कार्यालय रहेका थिए ।

उत्तर कोरियाले उक्त सम्पर्क कार्यालय भत्काउने यसअघि नै धम्की दिँदै आएको थियो । खासगरी सीमावर्ती क्षेत्रबाट दक्षिण कोरियाली अधिकारवादी समूह तथा व्यक्तिहरुले उत्तर कोरियाली नेताविरुद्ध पर्चाहरु बेलुनमार्फत उडाएको र त्यसलाई रोक्न दक्षिणले पर्याप्त काम नगरेको उत्तर कोरियाली आरोप लगाउँदै आएको थियो ।

शनिबार राति उत्तर कोरियाली नेताकी बहिनी किम यो जोङले उपयोगिताविहीन अन्तर–कोरियाली सम्पर्क कार्यालय ध्वस्त पारिदिने चेतावनी दिनु भएको थियो ।सन् २०१८ मा दुबै कोरियाबीच सहमतिका अनुसार काइसो`ङमा पहिलो सम्पर्क कार्यालय स्थापना गरिएको थियो । यस कार्यालयले दुबै मुलुकबीचको संचार सम्पर्कलाई सहज र सु दृढ बनाउने लक्ष्य राखिएको थियो ।

Related Articles

Back to top button
Close