Corona (COVID-19) Updates

दक्षिण कोरिया द्वा`रा नेपाललाई ५० हजार थान पी.सी.आर. किट प्रदान !!

काठमाडौं – दक्षिण कोरिया सरकारले नेपाल सरकारलाई ५० हजार थान आर टि–पी.सी.आर किट प्रदान गरेको छ । देशभर कोरोना सङ्क्र`मण फैलिरहेकोले परीक्षणको दायरा बढाउन कोरियाली सहयोग नियोग (कोहका) ले आज ६ करोड २५ लाख बराबरको ती परी क्षण उपकरण सरकारलाई हस्तान्तरण गरेको छ ।

कोहकाका तर्फबाट कोरियली राजदूतावासका कार्य बहाक राज दूत सन चिल कोनले स्वास्थ्य तथा जन सङ्ख्या मन्त्रालयका प्रमुख स्वास्थ्य विशे`षज्ञ तथा स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा.राजन पोखरेललाई किट हस्तान्तरण गरेका हुन् ।

कोरियाले आज २५ हजार थान परीक्षण उपकरण उप`लब्ध गराएको तथा बाँकी स्वास्थ्य सामग्री आगामी शनिबार प्रदान गरिने कोहकाले जनाएको छ ।

Related Articles

Back to top button
Close