Local News( SHANKHARAPUR)

जहरसिं पौवामा आकस्मिक रक्तदान कार्यक्रम संचालन !!

आज मिति २०७७ असार १ गते शंखरापुर न.पा. ३ स्थित जहरसिं पौवामा आकस्मिक रक्तदान कार्यक्रम संचालन भएको छ ! साँखु जेसिज , रोटरी क्लब अफ साँखु , नव: जहरसिं पौवा युवा क्लब र साँगाचोक युवा क्लब को संयुक आयोजनामा उक्त कार्यक्रम संचालन भएको थियो ! जहरसिं पौवाको चोकमा उक्त कार्यक्रम संचालन भएको थियो ! उक्त कार्यक्रम सामाजिक दुरी एबं संक्रमणलाइ ध्यानमा राखी संचालन गरिएको हो !

नेपाल रेडक्रसको प्राबिधिक सहयोगमा उक्त कार्यक्रममा रगत संकलन गरिएको थियो ! बिहान ८:०० बजे देखि संचालित कार्यक्रम ११:३० तिर सम्पन गरिएको थियो ! कोरोना महामारीको कारण सम्पूर्ण विश्व नै अहिले त्रसित छ ! यस्तो समयमा यस्ता सामाजिक कार्य हरुको आवश्यक पनि रहेको हुन्छ ! रक्तदान एउटा महत्वपुर्ण सामाजिक काम हो , लकडाउनको असर संगै कोरोनाको प्रभाबका कारण अनुमानित पिन्ट रगत संकलन हुन नसकेको आयोजकहरु बताउछन ! आज कुल ३४ जना सहभागी मध्य २९ जना बाट रक्तदान सम्पन्न भएको छ !

रक्तदान कार्यक्रममा क्लबका अध्यक्ष सदस्यहरु लगायत अन्य स्थानीयहरु सहभागी थिए ! कार्यक्रमका केहि तस्बिर हरु :

Related Articles

Back to top button
Close