Lockdown News

काठमाडौं छिर्न अब झन कठिनाइ, गृहले लागू गर्‍यो यस्तो नियम

काठमाडौं । गृह मन्त्रालयले कोरोना संक्रमण फैलने संभावित त्रासका कारण काठमाडौं उपत्यका प्रवेसमा थप कडाइ गरेको छ ।अब काठमाडौं उपत्यका भित्रनेका लागि काठमाडौं उपत्यकास्थित स्थानीय तहको अनुमति अनिवार्य गरिएको हो ।

मन्त्रिपरिषद् निर्णय अनुसार उपत्यकाबाहिर रहेकाहरू फर्किन काठमाडौं उपत्यकास्थित आफू बसोबास गरिरहेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था गर्ने निर्णय भएको हो ।काठमाडौं उपत्यकास्थित सम्बन्धित नगरपालिकाले आउन अनुमति दिएपछि यात्रा गर्ने जिल्लाको प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ ।

काठमाडौं उपत्यका भित्रने भन्दा बाहिरिनेका लागि भने कम खुकुलो गरिएको छ । काठमाडौं उपत्यकाबाहिर जान चाहनेले अत्याश्यक काम खुल्ने कागजात पेस गरेमा सवारी पास दिने निर्णय गरिएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले आइतबार काठमाडौं उपत्यका भित्रने र बाहिरिनेका लागि सूचना जारी गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली लागू भइसकेकाले सवारी पास बन्द गरेको छ ।

सरकारले ८ जेठदेखि कोरोना रोकथामका लागि उपत्यकाका भित्रने र बाहिरिने सबै नाका सिल गरेको थियो । काठमाडौं उपत्यका प्रवेश गर्ने क्रम वृद्धि हुँदा बढी जनघनत्व भएकाले काठमाडौं उपत्यका क्षेत्र बढी जोखिममा रहेको देखिएको भन्दै गृह मन्त्रालयले उपत्यका प्रवेश निषेध गरेको हो ।

Related Articles

Back to top button
Close