Corona (COVID-19) Updates

काठमाडौंका ४ र ललितपुरका १ जनामा कोरोना भाइरसको संक्र मण!!

आज काठमाडौं र ललितपुरमा कोरोना भाइरस संक्र मित थपिएका छन्। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका ४ जना र ललितपुरका १ जनामा कोरोना भाइरसको संक्र`मण देखिएको जानकारी दिए।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परी क्षणमा काठमाडौंका १ पुरूष जना, शु`क्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ पुरूष र पाटन स्वास्थ विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरकी १ महिला र काठमाडौंका २ महिलामा कोरोना पोजेटिभ देखिएको हो।मन्त्रालयले उनीहरुको उपत्यकाका कुन कुन ठाउँका हुन् भन्ने खुलाएको छैन ।

नेपालमा कोरोनाभाइरस संक्र`मितको संख्या ६ हजार २ सय ११ पुगेको छ। सोमबार ४५१ थपिए सँगै संक्र`मितको संख्या ६ हजार २ सय ११ पुगेको हो।

२४ घण्टामा थपिएकाे याे संख्या हाल सम्मकै उच्च हाे। हाल सम्म कोरोना संक्र`मण देखिएका १९ जनाको मृ`त्यु भएको छ। पछिल्लो २४ घण्टामा ६७ जना कोरोना मुक्त भएका छन्।

Related Articles

Back to top button
Close