Corona (COVID-19) UpdatesLockdown News

नेपालमा ह्वात्तै कोरोना संक्रमित बढेपछि यी नयाँ सहित सरकारले जारि गर्यो सर्वसाधारणका लागि सूचना !

पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोभिड–१९ सङ्क्र`मण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नयाँ सङ्क्र`मित भएकामा ३७५ पुरुष र ५० महिला रहेका छन् । योसँगै हालसम्म कूल सङ्क्रमितको सङ्ख्या पाँच हजार ७६० पुगेको छ । यी मध्ये पुरुष पाँच ३२४ र महिला ४३६ छन् । आज सङ्क्रमित भेटिएको जिल्लामा रुकुम पूर्व थप भई ७३ जिल्ला पुगेको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म ९७४ जना डिस्चार्ज भएका छन् । आज मात्रै ६ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ६१ जना कोभिडका सङ्क्रमित डिस्चार्ज भएका छन् । तीमध्ये छ महिला र ५५ पुरुष छन् । हालसम्म ९७४ जना डिस्चार्ज भएका छन् । त्यसमा ८७७ पुरुष र ९७ महिला रहेका छन् ।

थप एकको नि`धन

कोभिड–१९ सङ्क्र`मणले थप एकको निध`न भएको मन्त्रालयले जनाएको छ । गुल्मी धुर्कोक गाउँपालिका–४ का ३६ वर्षीय पुरुषको निधन भएको हो । जेठ १२ गते रुपन्देहीमा कोभिड पुष्टि भएको थियो । आइसोलेशनमा उपचाररत उनमा क्या’न्सर रोगको समस्या थियो । उनी भारतबाट आएका थिए । हालसम्म कोभिड–१९ सङ्क्रमणका कारण निधन हुनेको सङ्ख्या १९ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार ६८९ जनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म पिसिआर परीक्षण गर्नेको सङ्ख्या कूल एक लाख ३३ हजार ३७७ पुगेको छ । आरडिटी परीक्षणको सङ्ख्या दुई लाख १० हजार ७२१ पुगेको छ । पछिल्लो २४ घण्टामा २० हजार १३९ जनाको आरडिटी परीक्षण गरिएको छ ।

त्यसैगरी आजसम्म मुलुकभर एक लाख ४३ हजार ६४१ छ । आइसोलेशनमा सङ्क्रमितको सङ्ख्या चार हजार ७६७ रहेको छ । यस्तै मोबाइल एप र म`न्त्रालयको बेवसाइटमा भरिएको विवरणका आधारमा रेड जोनमा पर्नेको सङ्ख्या आज थप दुई गरी ४९८ पुगेको छ ।

मन्त्रालयको अपिल

अहिले बन्दाबन्दी खुल्ला भएसँगै मानिसको आवतजावत बढिरहेको र एक जिल्लाबाट अर्को जिल्लामा जानुपर्ने व्यक्तिले को`भिडको परी`क्षण गराएर मात्र जानुपर्ने भन्ने हल्लाप्रति स्वास्थ्य मन्त्रालयको ग’म्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘‘कुनै पनि व्यक्ति बाहिर गएर आउँदा, यात्रा गर्दा सङ्क्रमण जो’खिम हुन्छ नै तर यात्राबाट आउँदैमा परीक्षण गरेर आउनुपर्छ भन्ने मन्त्रालयको स्वास्थ्य निर्देशिकामा नभएकाले यस किसिमका कोही कसैको परीक्षण नगर्न÷नगराउन सम्बन्धित स्वास्थ्यकर्मी स्वास्थ्य संस्था र प्रयोगशालामा अनुरोध छ’’, मन्त्रालयका प्रवक्ता डा गौतमले भन्नुभयो ।

मन्त्रालयले ‘सम्बन्धित स्थानीय निकाय, घरबेटीलाई कोभिडको परी`क्षण गर्ने सरकारको माप`दण्ड छ’ जसलाई जहिले पनि परी`क्षण गर्दा स्रोतसाधनको दुरुपयोग हुने भएकाले अत्यावश्यक कामबाहेक बाहिर नजान पनि अपिल गरेको छ । जानै परेमा पनि स्वास्थ्य मापदण्ड अप`नाउन आग्रह गरेको छ । यस्तै बाहिरबाट आउने व्यक्तिले आफँै होम क्वारेन्टिनमा बस्नु उपयुक्त हुने र आफूलाई गाह्रो भएमा मात्र स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न अनुरोध गरेको छ ।

यसैबीच स्वास्थ्य मन्त्रालयको स्वीकृति लिएका पिसिआर परीक्षणका नमूना आगामी दिनमा आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि परीक्षण गर्न दिने व्यवस्था गरिएको जनाएको छ । यसका लागि लाग्ने शुल्क स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको छ । विदेश जानुपर्ने प्रवेषाज्ञा वा निरोगिताका लागि सङ्कलन गर्नुपर्ने नमूना वीर अस्पताल र पाटन अस्पतालमा गर्ने व्यवस्था गरिएको पनि मन्त्रालयले जनाएको छ ।

अब उपत्यका प्रवेश गर्न स्थानीय तहको अनुमति अनि`वार्य

कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न काठ`माडौँ प्रवेशका लागि आफू बसोबास गर्ने स्थानीय तहको अनुमति अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार काठमाडौँ आउने व्यक्तिले त्यसरी स्थानीय तहको अनुमति लिएर आफू रहेको प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ । उक्त अनुमति प्राप्तसहित निवेदन परेपछि सो विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयले काठमाडौँ प्रशासनमा पठाउनु पर्नेछ ।

उक्त निवेदनमाथि काठमाडौँ प्रशासनले सङ्क्रमणको जो’खिम विष्लेषण र यात्रा औचि’त्यलाई पुष्टि हुने कागजातको समेत विचार गरी सवारी पास जारी गर्न सहमति प्रदान गरेपछि मात्रै सम्बन्धित कार्यालयले पास उपलब्ध गराउने छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना जारी गरी जेठ २८ को मन्त्रिपरिषद्को निर्णय तथा गृह मन्त्रालयको जेठ ३० को निर्देशनबमोजिम उक्त व्यवस्था गरिएको जनाएको छ ।

काठमाडौँबाट बाहिर जानका लागि व्यक्तिगत अत्यावश्यक कार्यका लागि भए प्रयोजन खुल्ने कागजातसहित जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिनुपर्नेछ । सरकारी तथा संस्थागत कामका लागि भए सम्बन्धित कार्यालयको सिफारिस पत्रसहित निवेदन दिनुपर्ने सूचनामा जनाइएको छ । काठमाडौँ जिल्लाभित्र जोर–बिजोर प्रणाली लागू भएकाले सवारी पास भने हाललाई बन्द गरिएको छ ।

Related Articles

Back to top button
Close