Corona (COVID-19) Updates

नेपालमा भयाबह बन्दै कोरोना : प्रत्येक एक घण्टामा १२ जना संक्र मित

काठमाडौं । प्रत्येक एक घण्टामा १२ जना नयाँ कोरोना भाइरस संक्र मित थपिने गरेका छन् । पछिल्लो एक साताको अवधिमा थप २ हजार १ सय जना संक्रमित थपिएका छन् । पछिल्लो एक सातालाई आधार मान्दा प्रत्येक घण्टामा १२ जनाको हाराहारीमा नयाँ संक्र मित थपिएको देखिन्छ ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार प छिल्लो २४ घण्टा मा २ सय ७३ जनामा कोरोना भाइरसको संक्र मण देखिएको छ । गत आइतबार २ सय १३, सोमबार ३ सय १४, मंगल बार ३ सय २३, बुधबार २ सय ७९, बिहीबार २ सय ५० र शुक्रबार ४ सय ४८ जना नयाँ संक्र मित थपिएका थिए ।

कुल संक्रमित मध्ये ९ सय १३ जना डिस्चार्ज भएका छन् । जस अन्तर्गत पुरुष ८ सय २२ र महिला ९१ जना छन् । हाल सम्म संक्र मित मध्ये १८ जनाको मृ त्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा. जा गेश्वर गौतमले बताए । यसैगरी, नेपालमा निधन भएका थप दुई जनामा कोरोना संक्र मण पु ष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले शनिबार नियमित कोरोना ब्रि फिङका क्रममा वीरगन्जमा २८ जेठ र ३० नि धन भएका व्यक्तिमा कोरोना संक्र मण देखिएको पु ष्टि गरेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले उनीहरूको वीरगन्ज प्रयोगशाला गरिएको पीसीआर परी क्षणमा शनिबार बिहान रिर्पोटमा कोरोना पोजिटिभ आएको जानकारी दिए । यो सँगै नेपाल मा कोरोना भाइरसको संक्र मणबाट ज्यान गुमा उनेको सं ख्या १८ पुगेको छ । प्रशान्त वलीले राजधानी दैनिकमा यो खबर लेखेका छन् ।

Related Articles

Back to top button
Close