Political ViewsVideos

सिंगो संसद तरंगित गर्ने राजेनन्द्र र उपेन्द्रको दमदार भाषण, जिते ३ करोड नेपालीको मन (भिडियो)

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ मा समर्थन गर्दै नेपाल र भारतबीचको सीमा समस्या कुशल वार्ताबाट समाधान गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि दफावार छलफलका क्रममा भाग लिँदै अध्यक्ष यादवले सीमाङ्कन कार्य महाकाली र सुस्ताबाहेक टुङ्गिसकेका अवस्थामा यी दुई विषय अझै पेचिलो रहेकाले दुई देश बीचमा हल गर्ने सवालमा पहल नभएकामा चिन्ता प्रकट गर्नुभयो ।

उहाँले सन् १८१६ को सुगौली सन्धिको धारा ५ मा नेपालले काली पश्चिमको भागमा आफ्नो दावी छाड्ने सम्झौता गरेको उल्लेख गर्दै पछि महाकाली सम्झौताका बेला प्रस्तावनामा नै अस्पष्ट रुपमा महाकालीको अधिकांश भाग सीमा हुने उल्लेख गरिएकाले गल्ती भएको जिकिर गर्नुभयो । नेता यादवले महाकालीको मुहानको विषय अझै स्पष्ट नभएको जिकिर गर्दै भन्नुभयो, “पहिले लिम्पियाधुरासम्मको नक्शा कुन बेला कसको पालामा गायब भयो, त्यसको विषयमा गम्भीर हुनुपर्छ ।”

उहाँले सन् १९५४ देखि पाँच पटकसम्म चीन र भारतबीच सहमति र सम्झौता भएको र भारतले नेपाली भूभाग अति`क्रमण गरेर `विभिन्न संरचना बनाइसकेका सन्दर्भमा सन् १९६५ मा अर्काे सम्झौता भएको भनेर सुनिएकाले त्यसबारे स्पष्ट पार्नसमेत माग गर्नुभयो । उहाँले संसद्मा आइसकेका विषयमा पछि प्रमाण सङ्कलन गर्ने समूह बनाएर सरकार उल्टो बाटामा लागेको जिकिर गर्दै उक्त समूहमा मधेशी समुदायको सहभागिता नभएकामा आपत्ति जनाउनुभयो ।

भूमिको रक्षाका लागि सबै एक ठाउँमा छौँ ः महतो

जनसमाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालको भूमिको रक्षाका लागि हिमाल, पहाड र तराईका सबै जनता सजग र संवेदनशील रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि दफावार छलफलमा भाग लिँदै नेता महतोले राष्ट्रियताका सवालमा सबै जनता सजग र संवेदनशील रहेको र यसमा आग्रह र पूर्वाग्रह प्रस्तुत नगर्न आग्रह गर्नुभयो ।

“अहिलेको संविधानबारे हाम्रो असहमति कायमै छ । यो संविधान सबै वर्ग र समुदायको हुन सकेको छैन तर भूगोलको रक्षाका सन्दर्भमा हामी एक ठाउँमा छौँ । अबका दिनमा विगतमा हामीसँग भएका सम्झौताअनुसार संविधान संशोधनका प्रस्ताव आएको भएको राम्रो हुन्थ्यो ।” उहाँले भन्नुभयो, “यो नक्शा जारी गरेर मात्रै हुँदैन । कूटनीतिक वार्ता गरेर हाम्रो भूमि फिर्ता ल्याउनुपर्छ । राष्ट्रियता कुनै जात र वर्गको हुन सक्दैन । एकलौटी राष्ट्रियता पङ्गु राष्ट्रियता हो । अब हामी भूमि र जनताको पहिचानसहितको राष्ट्रियताको नयाँ परिभाषामा जाऔँ ।”

Related Articles

Back to top button
Close