News

माइतीघरमा भएको मौन प्रदर्शनमा प्रहरीले गर्यो से ल्युट !

सरकारकाविरूद्ध असतुष्ट जनाउँदै अहिले माइतिघर मण्डलाका युवाहरूले प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीहरुले क्वा रेन्टिनलाई जो खिमयुक्त बनाउन र शतप्रतिशत पीसीआर परीक्षण गर्न माग गरेका छन् । कोरोना भाइरस (कोभिड १९) को जोखिम रहेकाले शारीरिक दुरी बनाएर व्यवस्थित देखिएको प्रदर्शनमार्फत उनीहरुले सरकारलाई प्रश्न गरे।

कोरोना महा`मा`री विरु`द्ध सरकारको काम गराइ र भ्रष्टाचारका विषयमा उनीहरुले विरोध गरिरहेका थिए। गएको मंगलबार बालुवाटारमा प्रदर्शन गरेर सुरु भएको व्यवस्थित क्वारेन्टाइन, शत प्रतिशत पि सि आर टेस्ट, आ`डि टी प`रीक्षण ब`न्द गर्नुपर्ने, खर्च पारदर्शी हुनुपर्ने लगायत माग उनीहरुले आज पनि राखे।

कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत भूभाग न`क्सामा समेट्न आज नै संसदमा संविधान संशोधन हुने भएकाले माइतीघरको प्रदर्शनलाई राष्ट्रवादसँग जोडेर विरोध भइरहेको भए पनि प्रदर्शनकारीहरुले कोरोना जोखिममा राम्ररी काम गर्नुपर्नेबाहेकका माग राखेका थिएनन्। उनीहरुले नयाँ नक्साको स्वागत गरिएको ब्यानर`हरु पनि बोकेका थिए

।बिहान माइतीघर निस्कने हरेक चोकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। प्रदर्शनमा जानेहरुलाई प्रहरीले रोकिरहेका थिए। बिहान प्रदर्शन सुरु हुने बेलामा माइतीघरबाट नै केही प्रदर्शनकारी प्रक्राउसमेत परे। मोबाइल सम्पर्क नहोस् भनेर सरकारले जामर पनि राखेको थियो। जसले गर्दा नेटवर्क विच्छेद भइरहेको थियो।

माइतीघर पुग्ने बाटोमा पैदलयात्रुसहित सवारीसाधनमा रहेकालाई सोधपुछ र खान`तलासी गरिएको थियो। जोखिमका बेला भिडभाड नहोस् भनेर प्रहरीले उच्च सतर्कता अपनाएको थियो। मुस्किल अवस्थाबाट माइतीघरमा पुगेका प्रदर्शनकारीले शारीरिक दुरी बनाएर सुरक्षित रुपमा नै सरकालाई प्रश्न राखे।केही प्रदर्शनकारीले सुरक्षामा खटिएका प्रहरीलाई फूलका गुच्छा दिएका छन्। माइतीघर मण्डलमा करिब डेढ घण्टा मौन प्रदर्शनका क्रममा पनि फूल बोकिएको थियो। सामाजिक दूरीस`हितको मौन प्रदर्शन सकिएपछि प्रदर्शनकारीले प्रहरीलाई फूल दिएका हुन्।

Related Articles

Back to top button
Close