News

सरिता गिरी संसदबाट ‘फरार’ भइन्, भारतको सबै डिजाइन फेल

काठमाडौं । नयाँ संविधान संविधान संशोध खारेजीको माग गरेर संशोधन प्रस्ताव दर्ता गराएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीको प्रस्ताव खारेज भएको छ ।शनिबार बसेको संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा नियमावली २०७५ को नियम ११२ मा उल्लेख भएका संशोधन सम्बन्धी सर्त पूरा नभएकोले तपाइको संशोधन सूचनालाई अस्वीकृत गरिएको छ भनेका थिए ।

त्यसपछि रिसाएकी भारतीय चेली एवम् सांसद गिरी संसद बैठकबाट बाहिरिएकी थिइन् । गिरीले नेपालको नयाँ नक्साको संविधान संशोधन खारेजी माग गरेर संशोधन दर्ता गराएकी थिइन् ।सांसद गिरीले आफ्नो विरोधलाई संसदमा रेकर्ड गराएर भारतको योजनालाई विधिवत रुपमा दर्ता गराउन खोजेकी थिइन् । संसदले गिरी र भारतीय सबै डिजाइनलाई असफल बनाइदिएको छ ।

भारतीय डिजाइनअनुसार हर्कत गर्दै आएकी सांसद गिरीले बोल्न नपाएपछि र आफ्नै संशोधन खारेज भएपछि रिसाएर बैठकबाट बाहिरिएकी थिइन् ।सांसद गिरी संसद बैठक शुरु हुनेवित्तिकै आफ्नो सिटमा उभिएर बोल्न समय मागेकी थिइन् । सभामुख सापकोटाले गिरीलाई बोल्न समय पनि दिएका थिए ।

तर, सांसदहरूले उभिएर होहल्ला गरेर गिरीलाई बोल्न समय दिन नहुने माग गरेका थिए । त्यसपछि सभामुख सापकोटाले रुलिङ गर्दै गिरीको संशोधन प्रस्ताव नियमावली विपरित आएको भन्दै अस्वीकृत भएको जानकारी गराएका थिए ।

Related Articles

Back to top button
Close