Economic NewsLockdown News

उद्धारमा खर्च गर्नुपर्ने रकम सरकार मोजमस्तीमा खर्च गर्दै

काठमाडाैँ । कोरोना भाइरस म`हामा`रीका कारण जो`खिममा परेका श्रमिकको उ`द्धारमा खर्चि`नुपर्ने रकम मन्त्री र सरकारी कर्मचारीको विदेश भ्रमण जस्ता मोज मस्तीमा खर्च हुने गरेको पाइएको छ।

वैदेशिक रोजगार ऐन, २०६४ ले रोजगारीको क्रममा महामा`रीजन्य समस्यामा परेकालाई उ`द्धार गर्न राज्य कोषको रकम प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ। तर ऐनको व्यवस्थालाई अनदेखा गरेका सरकारी अधिकारीहरूले श्रमिकको रकम वि`देश भ्रमण, अध्ययन तथा विदेश स्थित नेपाली दूता`बासलाई गाडी खरिद जस्ता काममा खर्च गरिरहेका छन्।

ऐनको दफा ७५ (२) मा नेपाली कामदार रहेका मुलुकमा यु`द्ध, महा`मा`री, प्राकृतिक विप`त्ति परी कामदारलाई तत्का`ल फिर्ता गर्नुपर्ने भएमा सरकारले कूट`नीतिक नियोग वा श्रम सहचारी मार्फत फिर्ता गर्ने व्यवस्था मिलाउने उल्लेख छ। सोही ऐनमा महामा`री, यु`द्ध, प्राकृतिक विपत्तिलगायत कारणले कामदार फिर्ता गर्दा लाग्ने सम्पूर्ण खर्च वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषमा रहेको रकम प्रयोग गर्नुपर्ने (दफा ३३, ख) उ`ल्लेख छ।

विदेशमा जोखिममा परेका श्रमिकलाई उद्धार गर्न कोषको रकम खर्च गर्न अटेरी गरेको सरकारले सोही रकम कामदारलाई कुनै फाइदा नहुने काममा भने निरन्तर खर्च गरिरहेको छ। बोर्ड`को अघिल्लो आ`र्थिक वर्षको वा`र्षिक प्रगति विवरण अनुसार विदेशमा रहेका श्रमिक र रोजगार दातासँगको छलफल जस्ता कार्य`क्रममा दुई करोड ९१ लाख रूपैयाँ खर्च गरिएको छ।

गन्तव्य मुलु`कमा हुने यस्ता छलफलमा मन्त्री, उच्च तहका कर्मचारी सहभागी हुन्छन्। त्यस्तै विदेशस्थित नेपाली दूताबासमा स्थानीय कर्मचारीको व्यवस्था`पन शीर्ष`कमा ६२ लाख ६१ हजार पाँच सय २५ रूपैयाँ निकासा गरेको बोर्डले रेडियो, टेलिभिजनबाट कार्यक्रम सञ्चा`लन तथा डकुमे`न्ट्री निर्माण र अध्ययन नाममा ५० लाख रूपैयाँ बढी खर्च गरेको छ। याे खबर अाजकाे नागरिक दैनिकमा छ ।

Related Articles

Back to top button
Close