Lockdown NewsNews

कांग्रेसले असार २ गते देशरभरबाटै प्रधानमन्त्रीलाई ज्ञापन-पत्र दिने !!

प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना भाईरस रोकथाममा ध्याना कर्षण गराउन असार २ गते देशरभर बाटै ज्ञापनप त्र दिने भएको छ ।

कोरोना भाइरस नियन्त्र णमा सरकार असफल भएको निष्कर्ष निकालेको कांग्रेसले केन्द्रमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बुधबार प्रधानमन्त्री ओलीलाई ज्ञापन बुझाइए पछि दोस्रो चरणमा असार २ गते संघ, प्रदेश, जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका तर्फबाट ज्ञापन बुझाउन लागेको हो ।

कांग्रेसले कोभिड–१९ संक्रमणको महामारी रोकथाम र निय न्त्रण गर्न, यसका अल्प कालीन र दीर्घकालीन नकारा त्मक प्रभा व न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन सरकारले तत्काल चाल्नुपर्ने कदमका सम्बन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइने पार्टी केन्द्रीय कार्यालय द्वारा बिहीबार जारी विज्ञप्तिमा जनाईएको छ ।

विज्ञप्ति अनुसार संघीय संसद्का तर्फबाट पार्टी संसदीय दलका नेता या प्रमुख सचेतकमार्फत, प्रदेशमा प्रदेश संसदीय दलका नेताले मुख्यमन्त्री मार्फत, जिल्लामा जिल्ला सभापतिहरूले प्रमुख जिल्ला अधिकारी मार्फत र विदेश स्थित जनसम्पर्क समितिका सभापतिहरूले दूतावास मार्फत प्रधान मन्त्रीलाई ज्ञापनपत्र बुझाइने भएको छ ।

Related Articles

Back to top button
Close