News

सर्लाहीको सिमानामा भारतीय नागरिकसंग प्रहरीको झ’डप, एक जना भारतीय नागरिकको नि`धन

वीरगञ्ज, ३० जेठ । सर्लाहीको सिमा क्षेत्रमा भारतीय नागरिकसंग प्रहरीको झ’डप भएको छ । सो क्रममा शसस्त्र प्रहरीले गो’ली च’ला’उँदा एक जनाको निधन भएको छ । नेपाल प्रवेश गर्न खोजेका भारतीयलाई रोुक्न खोज्दा झ’डप भएको हो । प्रहरीको ब’न्दुक खो’स्न खोजेपछि गो’ली चला’एको प्रहरीले चनाएको छ । सो क्रममा एक जनाको निधन भएको र उनको परिचय नखुलेको प्रहरीको भनाई छ ।

उनीहरु नेपाल किन प्रवेश गर्न खोजेका थिए भन्ने खुलेको छैन । प्रहरीले बन्दु’क खो’स्न आउनेलाई पक्राउ गरेको छ । झ’डप’का क्रममा अरु ५ जना घाइते भएका छन् । प्रहरीले फा’यर खो’लेपछि भारतीयहरु भारतर्फ नै भा’गेका छन् । पर्सा गाउँपालिका– ३, नारायणपुरमा भारतीय नागरिकसंग प्रहरीको झ’डप भएको हो ।

ओपिडीको टिकट लिन लाइन बस्न नपर्ने
कान्ति बाल अस्पतालले ओपिडीको टिकट अब घरबाटै लिन मिल्ने गरी एप्सको विकास गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो एप्सको शुभारम्भ गर्दै यसबाट उपभोक्तको समयको बचत हुनाका साथै उपचार प्रक्रियासमेत सहज हुने बताए ।

एप्सको प्रयोग गरिएसँगै न्यून जनशक्तिका भरमा काम गर्न सजिलो हुने उनले उल्लेख गरे । “घण्टौँ लाइनमा बस्नुपथ्र्यो, अब यसले त्यो समस्या हटाउने निश्चित छ”, उनले भने, “यो सेवा चर्चा पाउनेसम्मका लागि सीमित बन्नु हुँदैन, यो सेवालाई निरन्तरता दिनसक्नु पर्छ ।” अस्पतालमा लाग्ने भीडलाई व्यवस्थित गर्न प्रयोग गरिँदै आएको जनशक्तिलाई अब अन्य काममा लगाउन सकिने उनको भनाइ थियो ।

Related Articles

Back to top button
Close