News

महाबीर पुनले स्वाब संकलन गर्ने मेसिन बनाउन थाले नेपालमै सम्मान स्वरुप १ सेयर गर्नुहोस

काठमाडौं। नेपालमा कोरोना भाइ`रसको रोकथामका लागि स`क्रिय भूमिका निभा`उँदै आएको राष्ट्रिय आविष्कार केन्द्रले अब स्वाब संक`लनका लागि आवश्यक पर्ने मेसिन समेत बनाउने भएको छ।

आविष्कार केन्द्रले स्वाब संक`लन गर्ने मेसिन बनाउन आवश्यक पर्ने सामग्री जापान बाट आयात गरी नेपालमै बनाउन लागेको हो । आविष्कार केन्द्रका अध्यक्ष तथा सामाजिक अभियन्ता महाबीर पुनले आवश्यक सामग्री जापान बाट नेपाल आइसकेको र केही दिनमै तयार हुने ट्वीटर मार्फत जानकारी दिएका हुन्।

उनका अनुसार १४ लाख रुपैयाँ मूल्य पर्ने कोरोना स्वाब निकाल्ने सुइरो बनाउने थ्रीडी प्रिन्टर र अन्य सामाग्री नेपाल एअरलाइन्स मार्फत केहि दिनअघि काठमाडौं आइपुगेको हो।

‘राष्ट्रिय आविष्कार केन्द्रमा जापानबाट कोरोना स्वाब निकाल्ने सुईरो बनाउन रु. १४ लाख पर्ने 3D प्रिन्टर र कोरोना रोकथाम गर्न चाहिने अन्य सामानहरु नेपाल एअरलाइन्समार्फत केही दिनअघि काठमाडौं आइपुग्यो । यसको लागि एनआरएनए जापान, एमआरआर जापान र अन्य नेपालीहरु ले रु. २१ लाख आर्थिक सहयोग गरेका थिए ।,’ उनले ट्वीटरमा लेखेका छन्।

उनले कोरोना रोक`थामका लागि आवश्यक अन्य स्वास्थ्य सामग्री समेत सहयोग भएको जानकारी दिएका छन्। यसअघि उनले कोरोना रोकथामका लागि माक्स, पीपीई उत्पादन गरी स्वा`स्थ्यकर्मी लगायतलाई उ`पलब्ध गराएका थिए।

Related Articles

Back to top button
Close