Lockdown News

बालुवाटार तनावग्रस्त, प्रदर्शनमा उत्रिएकालाई प्रहरीले हान्यो लाठी, पानीको फोहोरा र अश्रुग्यास

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअगाडि सडकमा प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले लाठी, पानीका फोहरा र अश्रुग्यास हानेको छ ।कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको विरोधमा स्वत:स्फूर्त रूपमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले विभिन्न नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।प्रहरीले लाठी ,पानीको फोहोरा र अश्रृग्यास हानेपछि अहिले प्रदर्शनकारी तितरबितर भएका छन् । सरकारले हालै कोरोना रोकथाम र नियन्त्रण गर्न दश अर्ब रुपैयाँ खर्च भइसकेको बताएको थियो। उक्त रकम केमा खर्च भयो भन्ने प्रश्न उठिरहेका छन् ।

यसअघि मंगलबार पनि केही नागरिकहरूले बालुवाटारमा प्रदर्शन गरेका थिए । बुधबार संसदमा सांसदहरूले दश अर्ब केमा खर्च भएको सरकारले पारदर्शी ढंगले जवाफ दिनुपर्ने बताएका थिए ।

उक्त प्रश्नमाथि जवाफ दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कोरोनासँग लड्ने बेला भएको र हिसाबकिताब पछि सार्वजनिक गर्ने बताएका थिए । दश अर्बको हिसाब सरकारले देखाउन नचाहेको विरोधमा बालुवाटारस्थित सडकमा प्रदर्शन गरिएको हो ।

Related Articles

Back to top button
Close