News

आजदेखि मोटरसाइकलमा एक जना, कारमा तीन जना मात्र बस्न पाउने

काठमाडौं, सरकारले भोलि देखि लकडाउनको स्वरुप परिवर्तन गरी निजी सवारी साधनलाई चल्न दिने निर्णय गरेको छ । जोर बारमा जोर नम्बर भएका र बिजोर दिनमा बिजोर नम्बर भएका सवारी साधन चलाउन पाइनेछ ।

तर, मोटरसाइकलमा चालक मात्र बस्न पाउँनेछन् । त्यस्तै कारमा चालक बाहेक दुई जना मात्र बस्न पाउने निर्णय गरिएको छ । निजी सवारी साधनमार्फत यात्रु ओसारपसार हुन सक्ने भएकाले यस्तो निर्णय गरिएको हो ।

साथै रेस्टुरेन्ट पनि खुल्नेछन् । तर, प्याकिङ मात्र बेच्न पाउनेछन् । त्यस्तै असार १ गते देखि सरकारी कार्यालयहरु समेत खुलाउने निर्णय सरकारले गरेको छ । सबै किसिमका पसलहरु स्वास्थ्य माप दण्ड पुरा गरी खुल्न पाउने भएका छन् ।

Related Articles

Back to top button
Close